संविधान निर्माणमा भएको सहमतिको NRN सँघद्वारा स्वागत

संविधान निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन नेपालका प्रमुख चार राजनीतिक दलहरु वीच भएको सभझदारी र प्रतिबद्धतालाई गैरआवासीय नेपाली संघले  स्वागत गरेको छ । अध्यक्ष शेष घलेले बुधबार विज्ञप्तिमार्फत १६ बुँदे सहमतिको स्वागत गरेका हुन् ।

NRN_logoदेश र जनताले महाभूकम्पको मार खपिरहेको बेला राज्यको सम्पूर्ण शक्ति पुनर्निर्माण,पुनर्स्थापना र आर्थिक विकासमा केन्द्रित गर्नुपर्ने वर्तमान आबश्यकतालाई महसुस गर्दै राजनीतिक दलहरुले देखाएको अभूतपूर्व एकताले नेपाली जनता र सम्पूर्ण गैरआवासीय नेपालीहरुमा आशाको संचार गराएको संघले जनाएको छ ।

दलहरुवीच भएको सहमति अनुसार नयाँ संबिधानमा गैरआवासीय नेपालीहरुले नागरिकता पाउने बिषयको समेत सम्बोधन हुनेमा उत्साहित भएको संघले जनाएको छ । मातृभूमीलाई संकट परेका बेला नेपालमै आएर केही गर्ने अठोट बोकेका मनकारी गैरआवासीय नेपालीहरुलाई  सहमतिले थप उत्साह र हौसला प्रदान गरेको पनि संघले जनाएको छ ।