शाहरुखले बनाए ‘एट-प्याक’

srk-8packsसलमानलाई पछि पार्दै बलिउड अभिनेता शाहरुख खानले नयाँ चलचित्र ‘ह्याप्पी न्यू इयर’ का लागि 8 प्याक बनाएर सबै युवा हिरोलाई चकित बनाएका छन् ।

यस अघि ओम शान्ति ओममा 6 प्याक बनाएका शाहरुखले अहिले सबैलाई चकित पार्दै 8 प्याक बनाएका हुन् । शाहरुख खानलाई फिटनेशका लागि प्रशान्त सावन्तले सघाइरहेका छन ।

शाहरुखले निक्कै मेहनत गरेर 8 प्याक बनाएको उनले बताएका छन् । सामान्य मानिसलाई यसका लागि १ वर्ष लाग्ने भएपनि शाहरुखले छ महिनामा 8 प्याक बनाएका हुन् । शाहरुखले दिनमा २० घण्टा सम्म शारीरिक अभ्यास गरेका थिए ।