व्यवसायी सँघ बेल्जियमका पूर्व उपाध्यक्ष राजकुमार लामाको स्वास्थ्य लाभ कामना

नेपाल व्यवसायी सँघ बेल्जियमका पूर्व उपाध्यक्ष राजकुमार लामा आगोले पोलेर घाइते हुनुभएकोले सँघले शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

नवजात पुत्रीलाइ आगोमा सेकाउने क्रममा दुर्घटना भइ लामाको हात-खुट्टामा चोटपटक लागेको थाहा भएको छ । व्यवसायी सँघ बेल्जियमका अध्यक्ष हरी शर्मा थपलियाले लामालाइ भेटी शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । नयाँ वर्षको दिन भएको दुर्घटनाको उपचारार्थ लामाले अझै थप उपचार अनुगमन गर्नुपर्ने चिकित्सकहरूले बताएका छन् ।