बेल्जियममा देउसी-भैलो

‘नेपाल मिस गरेको थिए|सबै भूले,नेपाल मै भए जस्तो अनुभूति भयो’ नेपालबाट सांगेतिक यात्राको क्रममा बेल्जियम आईपुगेका गायक दीपक बज्राचार्य मंचमा पुग्ने बित्तिकै बोलिहाले|नबोलुन पनि कसरी चारै तिर झिलिमिली बत्ति,फूलै फूलहरुले सिगारिएको हल,बिभिन्न भेष भूषामा सजिएका नेपालीहरु माझ गुन्यूचोलीमा सजिएर हातमा बत्ति लिदै देउसीभैलोमा नाचीरहेका झन्डै ५/६ बर्षका साना साना नानीहरु देखेर|
आफ्नो संस्थाको वार्षिकोत्सवको रुपमा हरेक बर्ष सांस्कृतिक कार्यक्रमको आयोजना गरी दीपावलीको अवसरमा शुभकामना आदानप्रदान गर्दै आईरहेका कलाकार सघका बलराम पुन नेपाली राष्ट्रिय पोशाकमा सजिएर कम्मरमा मादल बजाउदै ’देउसी र भैलो सबै मिलि गरौ न रमाईलो…’ गीत गाउन शुरु गरे| कसलाई पो मन नलाग्ला र देउसी खेल्न दिपावलीको अवसरमा,सबै नेपाली एकै ठाउमा भएर,अझै परदेशी भूमिमा|मनै छुने गरी उनले हालेका देउसीभैलोका टुक्काहरु सगै उनि सग रहेका कलाकारहरुले मात्र स्वर दिएनन दर्शकहरुले स्वरमा स्वर मिलाउदै गायनन मात्र नाचे पनि|
देउसी बेल्जियम नेपाली परम्परालाई जोगाउने उद्वेश्यले आयोजित कार्यक्रममा प्रोजेक्टरको माध्यामले पर्दामा लिंगे पिंग खेलिरहेका,सेल रोटी पकाई रहेका,परिवारमा टिका लगाईरहेका परिवारजन,खोलानाला,पाखा पखेराका तस्विरहरु हेरेर टोलाईरहेका दर्शकमाझ ‘माईती घर,माईतीघर,यो हो मेरो प्राण भन्दा प्यारो माईतिघर….’ गित लिएर आईपुगिन नायिका झरना थापा,झिलिमिली पोशाकमा सजिएर,छमछमी नाचिन र सबै दर्शकलाई झन भावुक बनाईन|
युरो कलाकार सघ बेल्जियमद्वारा संचालित नृत्य स्कुलका प्राय कलाकारहरुद्वारा प्रस्तुत कार्यक्रममा कलाकार द्वय प्रियंका र सोफियाले ‘राम्री पनि भा कि छु…..’ बोलको गीतमा छमछमी नाचेर दर्शकलाई मनोरंजन मात्र दिलाएनन सहानुभूतिको कोशोली समेत बटुले|दर्शकको तालीले हल नै गुन्जयमान बन्यो भने प्राबिधिक बेल्जियन नागरिक ज्यायुसको क्यामारामा समेत कैद भए|
बीच बिचमा गित समेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा नव गायिका महिमा गुरुङले ‘ए कान्छा मलाइ सुनको तारा ….,र गायक जिम्मी गुरुङले ‘त्यो तारा मात्र होईन जुन पनि झारी दिउला….’बोलको गीतले मनोरंजन दिलाए|भने गायिका अनिता पौडेलले ‘तिर्खा लाग्यो पानि खाए…’बोलको गित प्रस्तुत गरिन|
बेल्जियमको विभिन्न ठाउबाट मनोरंजन लिन आएका दर्शकलाई पुराना कलाकारहरुले ‘वारी तुवालो पारी तुवालो..भिनाजुले पैसा दिए लाउथे तुवालो’ बोलको गीतमा मारुनी नृत्य प्रस्तुत गरेर भरपुर मनोरंजन मात्र दिएनन डिसेम्बर २२ मा नेपाल फेस्टिवलको आयोजना गरेकी क्याथरिन मेईसले उक्त नृत्यलाई आफ्नो कार्यक्रममा प्रस्तुत गर्न ईच्छा समेत प्रकट गरिन|दिक्षा गुरुङ,देनिसा सिग्देल र दिपिका केसी पनि के कम उनीहरुले ‘उडी उडी हिन्छ मन चिया बारीमा……’बोलको गीतमा सुन्दर नृत्य प्रस्तुत गरेर दर्शकको वाई वाई समेत पाए|
दउसी बे.उल्लेख्य दर्शकहरुको उपस्थिति रहेको कार्यक्रममा दुर्गाकाजी शाक्य लगायत थुप्रै स्थानीय कलाकारहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए|कार्यक्रम शनिवार एनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठको प्रमुख आथित्यमा सम्पन्न भएको थियो|कार्यक्रमको संचालन भने जिम्मी गुरुङ,सोफिया महर्जन र महिमा गुरुंगले गरेका थिए|बिभिन्न सांस्कृतिक कार्यक्रम संचालन गर्दै आईरहेको युरो नेपाल कलाकार संघ बेल्जियमले गत सेप्टेम्बर बेल्जियमको गेन्टमा सम्पन्न अन्तर्राष्ट्रिय व्यापारिक मेलामा लगातार १० दिन सम्म नेपाली सास्कृतिक कार्यक्रमको आयोजना गर्न सफल भएको थियो|कार्यक्रमबाट उत्साही सघका अध्यक्ष पदम गुरुङले नेपाली गित संगीत प्रति युवाहरुमा माया बढ्दै गएकोमा खुशी ब्याक्त गरे|
– दीपकज्योति पौडेल