विश्वमगर संघ बेल्जियमको तेश्रो अधिबेशन हुदै

मगर समुदायको भाषा तथा संकृतिको जगेर्नाको साथै आपत बिपतमा सहयोग पुर्याउने उद्वेश्यले स्थापित विश्व मगर संघ बेल्जियमको तेश्रो अधिबेशन world magar federation Belgiumलुभेनमा हुने भएको छ|अधिवेशन यहि अगस्तमा २६ लुभेन स्थित ओन्स हाउसमा ‘पहिचान सहितको संघिय संविधान निर्माणमा हाम्रो आव्हान ! अन्तर्राष्ट्रिय मगरहरुको एकताको पक्षमा तेस्रो अधिवेशन’ भन्ने नाराका साथ सम्पन्न हुदैछ|

दिनको ठिक १ बजेबाट शुरु हुने उक्त अधिबेशनमा बेल्जियम स्थित विभिन्न सघ-संस्थाका प्रतिनिधिहरुलाई उपस्थितिको लागी संघले आव्हान गरेको छ|