विदेशी नागरिकको अभिलेख राख्न शुरु

नेपालमा रहेको विदेशी नागरिकको अभिलेख र उनीहरुका गतिविधिमाथि निगरानी बढाउन अध्यागमन विभागले नयाँ व्यवस्था सुरु गर्ने भएको छ । भ्रमण, व्यापाररव्यवसाय, अध्ययनरअध्यापन, गैरसरकारी संस्थामार्फत भित्रिएका विदेशी नागरिकको अभिलेख राख्न डेटा सेन्टर बनाउने अन्तिम तयारी भइरहेको छ । यो व्यवस्था लागू भएपछि विभिन्न बाहानामा नेपाल भित्रिएर शंकास्पद गतिविधिमा संलग्न हुनेलाई नियन्त्रण गर्न सजिलो हुने विश्वास विभागको छ ।

विभागमा महानिर्देशक शरदचन्द्र पौडेलका अनुसार अध्यागमन सुधार योजनाका रुपमा सुरु गरिने अनलाइन डेटा सेन्टरमा दैनिक हवाई र स्थलमार्गबाट नेपाल भित्रिएका विदेशी नागरिकको विवरण अद्यावधिक राखिनेछ । अभिलेखका लागि विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चैत १ गतेदेखि हवाईयात्रु आवागमनको अभिलेख राख्ने गरी सफ्टवेयर निर्माण गरिसकेको छ ।

त्यसबाहेक विमानस्थलमा उडान गरिने करिब ७० लाख रुपैयाँबराबरका प्रविधिजन्य उपकरण नेपाल टेलिकमले उपलब्ध गराउने सहमति भइसकेको छ । गृह मन्त्रालयले समेत अध्यागमन सुधार योजनाका लागि करिब १४ करोड बजेट स्वीकृतिसहितको प्रस्ताव अर्थमन्त्रालयमा पेस गरिसकेको छ । -कारोवार