विदेशमा रहेका लाखौँ नेपाली एमआरपीबाट वन्चित हुँदै

Passport_nepalअन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ‘आइकाओ’ले मेसिनले पढ्ने राहदानी (एमआरपी) अनिवार्य हुने दिन नजिकिँदै जाँदा पनि लाखौँ नेपाली त्यसबाट वञ्चित हुने अवस्था देखिएको छ ।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आजको बैठकमा बोल्दै सभासद्हरुले एमआरपी अनिवार्य हुने मिति आगामी वर्षको मङ्सिर ९ भित्रै विदेशमा रहेको सबै नेपालीले एमआरपी पाउन सक्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका थिए ।