वाईसीएलपछि डनसँग रेखाको दोस्ती

Rekha-thapaविवादै विवादमा रहिरहने कलिउड नायिका रेखा थापाको फाइदाको निम्ति फेरिरहने दोस्ती अर्को चर्चाको विषय हो । वाईसीएल नेता सागरसँग नायिका रेखा थापाको दोस्ती पुरानो भइसकेको छ। दाजु मानेर रेखाले सागरलाई तिहारमा टिका पनि लगाएर चर्चा बटुलिन्। खासमा सागरलाई दाई बनाएर उनले आफ्नो स्वार्थ पूरा गर्न लागेको कुरा चलचित्र विकास बोर्डको अध्यक्ष बन्न उनले गरेको चलखेलले पनि प्रष्ट भयो । तर त्यसमा उनी सफल हुन सकिनन्। प्रचण्डसँगको सम्बन्ध बिग्रिएपछि आफैँ संकटमा परेका सागरले रेखालाई बोर्ड अध्यक्ष बनाउन सक्ने अवस्था थिएन। त्यसकारण रेखा र सागरबीच पनि सम्बन्ध राम्रो हुने कुरै भएन।
सागर कमजोर हुँदा डन गणेश लामा शक्तिशाली व्यक्तिका रुपमा उदाइसकेका थिए। त्यसकारण रेखा सागर छाडेर गणेशसँग नजिकिइन्, आफ्नो फाइदाका लागि। किनकि लामा केही समयअघिसम्म विजयकुमार गच्छेदारको निकट थिए। गच्छेदार गृहमन्त्री भएकाले उनका विश्वासिला लामा पनि पावरफूल नै थिए। त्यही पावर देखेर रेखा उनीसँग नजिकिएकी थिइन्। तर लामाले पनि उनलाई बोर्ड अध्यक्ष बनाउन सकेनन्। आफू अध्यक्ष नबन्ने पक्का भएपछि रेखा अमेरिका हानिइन्, त्यहीबेला पप्पु बोर्डको अध्यक्ष भए। तर पनि गणेश र रेखाको दोस्ती भने कायमै छ। उता अमेरिकाबाट फर्केपछि अमेरिकामा बस्ने नेपालीहरूलाइ घरबारबिहिन भनेर उनको कस्तो ब्यक्तिहरूसँग दोस्ती रहेछ अमेरिकामा भन्ने जताइन् ।
दरबारमार्गको एक बारमा पार्टीपछि रेखाले काभ्रेली समूहसँग खिचाएको फोटो पनि चर्चामा रह्यो । फोटो दरबारमार्गमा लामाका साथी प्रशान्त शर्माले सञ्चालक गरेको म्याकलुहान रेष्टुरेन्टको हो।
स्रोतका अनुसार दरबारमार्गमा रेखा र गणेश पटक–पटकसँगै भेटिने गर्थे । तर गच्छेदार पदमा रहदासम्म पावरफूल भएका गणेश अहिले आफैँ पनि अर्धभूमिगत बनिसकेका छन्। सम्पत्ति शुद्धिकरण मुद्दामा उनलाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र सिआईबीले मुद्दा दायरको तयारी गरेको छ। विभागले मुद्दा दायर गर्दा पक्राउ परिने भएकाले उनी दौडधुपमा लागेका छन्।
रेखा समयअनुसार मान्छेहरूलाई प्रयोग गर्न र फाल्न सिपालु मानिन्छन्। पहिला कलाकारितामा लाग्न उनले छविराज ओझासँग विवाह नै गरिन्। किनकि ओझा चल्तापूर्जा निर्माता थिए। तर आफू स्थापित भइसकेपछि छविलाई समेत लात हानिसकेकी छिन्। चलचित्र क्षेत्रमा उनले धेरैलाई त्यसरी प्रयोग गरेको एक कलाकार बताउँछन्। प्रयोग गरी फाइदा लिने र विवादबीच चर्चित रहेकी यी नायीका रूपले होइन कलाले स्थापित छु भन्छिन् । हँसी मजाकका रूपमा पनि यीनले कलिउडमा राम्रै ठाउँ बनाएकी छन् ।