लोक गायिका देविकाको तीज युरोपमा

देश बिदेशका थुप्रै कन्सर्टहरुमा सहभागी भएकी नेपाली लोक गायिका देविका के.सी यस पटकको तीजमा बेल्जियम आईपुगेकी छिन |मुलक बाहिरdebika
कतार र दुबईमा तीज मनाएकी देविकाले यस पटकको तीज युरोपमा मनाईन |नेपालमा तीजको समय भ्याई नभ्याई हुने उनलाई युरोपमा पनि त्यसै
भयो| उनि जर्मनीको फ्रान्कफोर्टमा शनिवार महिला समुहद्वारा आयोजना गरेको कार्यक्रममा सहभागी भईन | लगत्तै बेल्जियमको लुभेनमा ईन्द्र धनुष द्वारा आयोजना गरेको कार्यक्रममा सरिक हुदै पुन एनआरएन बेल्जियम क्षेत्रीय समिति अन्त्वेर्पेंनले आयोजना गरेको कार्यक्रममा पुगिन|

बेल्जियम उनि पहिलो पटक आएकी होईनन यस अघि पनि क्षेत्री समाज बेल्जियमद्वारा नेपाली नयाँ बर्षको अवसरमा आयोजना गरीएको सांस्कृतिक कार्यक्रममा सहभागी भएर दर्शकलाई भरपुर sammanमनोरंजन दिएकी थिइन् | तीजको अवसरमा बेल्जियम आउदा भने उनलाई बेग्लै अनुभूति भयो|उनि जुन कार्यक्रममा पुग्थिन दिदीबहिनीहरुले तालीले स्वागत गर्थे भने ‘बाजी ठोकम आउ झिल्के बाजी ठोकम आउ… ‘सुनको चुरा…’हामी नेपाली …..’बुहारीको पोई.जस्ता उनका गीत बजिरहेका हुन्थे |दिदीबहिनीहरु मज्जैले नाचिरहेका देखिन्थे |नेपाली लोक संगीतमा उनलाई नचिन्ने कमै मात्र होलान अझ दोश्रो पटक बेल्जियम आएकी उनलाई नचिन्ने कुरै भएन देख्ने बितिक्कै सबै ताली बजाएर स्वागत गरे |उनलाई गरीएको स्वागत र उनका गीत बजाईएकोमा बेग्लै अनुभूति भएको होईनन |स्वदेशमा नदेखेका परम्परागत भेषभूषा र गहना लगाएर पूर्खाको पाला देखि मनाउदै आएको चलनलाई निरन्तरता दिएकोमा बिदेश बसेर पनि राष्ट्रियता नभुलेको अनुभूति गरीन |debika german

यसरी राष्ट्रियता झल्काउन रातो र हरियो संयोजनमा लालीगुराँसका बुट्टा भएको सारी लगाएर नाचिरहेका दिदीबहिनीहरु देखेर उनि पनि सगै नाच्न पुगिन |उनको नाम कण्ठस्त पारेका दिदीबहिनीहरुले उनलाई गाउन आग्रह गरे |माइक समाईन दिदीबहिनी सगै माझमा आएर गाउदै आफु पनि नाचिन अरुलाई पनि बेस्सरी नचाईन | अडियोमा नाचिरहेका दिदीबहिनी सोहि गीतकी गायिका साथमा पाउदा झन् खुशीले नाच्न थाले मानौ कि उनीहरुले सबै कुरा बिर्सिएका थिए| हरितालिकालाई लक्षित गरेर निकालेका उनका गीतहरुमा नाच्दा र गाउँदागाउँदै कतिपय भावुक बनेका थिए |भावुक दिदीबहिनी देखेकी देविका आयोजकको सम्मानबाट आफु पनि भाबुक बनिन|

परम्परागत माडवरी,तिलहरी र पोतो लगाउने देविका शनिवार महिला समूह जर्मनीले गरेको तीजमा रातो र हरियो संयोजनमा लालीगुराँसका बुट्टा भएको सारीमा पिरु माला लगाएर देखा परिन भने बेल्जियममा निलो फूलबुट्टे सारीमा | उनले बिदेशमा बस्ने नेपालीहरुमा आफ्नो परम्परा भेषभूषा र राष्ट्रियता प्रति निकै गहिरो माया भएको महशुश गरीन |बेल्जियमको प्रसंग जोड्दै ‘भेषभूषा र पोसाकको माया डायस्पोराका महिलामा निकै हुँदो रहेछ |’ उनले भनिन ‘चाड पर्वका अवसरमा नेपाली परम्परागत खाना नै खाईने रहेछ,केराको अचार अनि आलु तामाको तरकारी र खिरले नेपाल लै बिर्साईदियो |’

युरोपको व्यस्त समयमा पनि सयौ दाज्युभाई तथा दिदीबहिनी एकै ठाउमा जम्मा भै एकदमै अनुशासित तरिकाले नेपाल नै बिर्साउने गरी मनाईएको तीज देखेर उनले भनिन ‘मानौ म कुनै नेपालको महोत्सबमा गीत गईरहेकी छु’| ‘यस्तो हुन्छ भन्ने सुनेकी थिए तर आफैले अनुभव गरे |’

बेल्जियमका अन्य शहरका तीज कार्यक्रममा सहभागी भएर उनि सेप्टेम्बर पहिलो साता नेपाल फर्किदै छिन |उनि तीजकै लागी दुइ साताको समय मिलाएर  गत शुक्रवार जर्मनी आएकी थिइन् |कार्यक्रमको चाँजोपाँजो बेल्जियम स्थित यसोदा थापा,सहदेब गौतम र किसन केसीले मिलाई दिएका थिए|khula park