‘लिटिल मिस वर्ल्ड’ मा भाग लिन गरिमा टर्कीतिर

Garima gyawaliलिटिल मिस वल्र्ड नेपाल–२०१४ को शीर्ष उपाधि विजेता गरिमा ज्ञवालीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन टर्की प्रस्थान गरेकी छन् ।  भेनस पब्लिक स्कुलमा अध्ययनरत १३ वर्षीया ज्ञवालीले ट्यालेन्ट विधाको प्रथम उप–विजेताको अवार्ड पाएकी थिइन् ।  गायनमा विशेष रुचि राख्नुहुने गरिमा नृत्यमा पोख्त छिन् ।
उनका तीनवटा गीतिएल्बम श्रोताबीच आइसकेका छन् ।  चलचित्र गायनमा सक्रिय गरिमाले टर्की प्रस्थान गर्नुअघि भनिन्– “नेपाल र नेपालीको इज्जत राख्ने गरी प्रस्तुति दिनेछु । ” टर्कीको आन्टालियामा असोज १२ गतेदेखि १८ गतेससम्म हुने १४औँ लिटिल मिस वल्र्ड–०१४ प्रतियोगिता हुँदैछ ।  बालप्रतिभा प्रदर्शन एवं संस्कृति सम्बद्र्धनको उद्देश्यसहित नेपालमा लिटिल मिस वल्र्ड नेपाल–२०१४ को आयोजना हुँदैआएको छ ।  सो प्रतियोगिता नेप्लिज काउन्सिलले गर्दै आएको छ ।