लाखौं पासपोर्ट अवैध हुने, प्रवासी नेपाली सावधान !

Passport_nepalपर्याप्त राहदानी जारी गर्न नसक्ने परराष्ट्र मन्त्रालयको अवस्थाका कारण डेढ बर्षभित्र एकै पटक लाखौं नेपालीको राहदानी अवैध हुने भएको छ । विदेशमा रहेका नेपालीहरु राहदानीकै कारण अवैध हुनेछन् भन् नेपालीहरु विदेश जान नपाउने स्थिति आउने खबर नागरिकले छापेको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को प्रावधान अनुसार २०१५ नोभेम्बर २४ पछि पुरानो हस्तलिखित राहदानी संसारभर अवैध हुनेछ । त्यसबेलासम्म विदेशमा बस्ने नेपालीले हस्तलिखित राहदानी फेर्न सकेनन भने उनीहरुसँग स्वदेश र्फकनु वा विदेशमै अवैध बसोबास गर्नुको विकल्प हुँदैन् । देशभित्र पनि राहदानी लिन महिनौं कुर्नुपर्ने हुनेछ ।

अहिले राहदानी विभागले मुस्किलले प्रति महिना करिब ५२ हजार राहदानी वितरण गर्दे आएको छ । एमआरपी जारी भएयता अढाइ बर्षमा विभागले करिब १० लाख राहदानी मात्रै जारी गर्न सकेको छ । तर २०१५ मे महिनामा दैनिक माग सहित त्यसबेला काम नलाग्ने हुने थप करिब २५ लाख हस्तलिखित राहदानीलाई एमआरपीमा बदल्नुपर्ने हुन्छ ।

६ महिना समय बाँकी छँदै नयाँ भिसा लिनुपर्ने भएकाले यस्ता राहदानी म्याद सकिए बराबर हुन्छन् । थप राहदानीको तयारी गर्न नै करिब ६ महिना लाग्ने भएकाले सरकारले अहिलै काम थालेपनि त्यसपछिको १७ महिना राहदानी विभागले कम्तिमा ३२ लाख राहदानी वितरण गर्नुपर्नेछ । अहिले औसत ३३ हजार तीन सय राहदानी बाढ्दै आएको विभागले मासिक एकलाख ७६ हजार राहदानी वितरण गर्नुपर्ने अवस्था छ ।