रोनाल्डोले सबैलाइ उछिने

cristiano_ronaldoपोर्चुगल फुटबलमा एवं रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो विश्वमै सबैभन्दा बढी कमाइ गर्ने फुटबल खेलाडीको सूचीमा अग्रस्थानमा छन् ।
अमेरिकी पत्रिका फोब्र्सले सार्वजनिक गरेको सूचीमा सन् २०१५ मा रोनाल्डोले बार्सिलोनाका स्टार खेलाडी लियोनल मेस्सीले भन्दा ५ दशमलव ८ मिलियन अमेरिकी डलर बढी कमाइ गरेका छन् ।

यस सूचीमा सन् २०१५ मा सबैभन्दा बढी कमाइ गर्ने एक सय जना खेलाडीको सूचीमा रोनाल्डो तेस्रो स्थानमा छन् तर फुटबलतर्फका खेलाडीमा भने उनी पहिलो स्थानमा छन् । रिपोर्टअनुसार रोनाल्डोले सन् २०१५ मा ७९ दशमलव ६ मिलियन अमेरिकी डलर कमाइ गरे । मेस्सीले भने रोनाल्डोले भन्दा ५ दशमलव ८ मिलयन अमेरिकी डलर कम आम्दानी गरेका छन् । अर्थात् मेस्सीले ७३ दशमलव ८ मिलियन अमेरिकी डलर कमाइ गरेका छन् ।
सूचीमा मेस्सी फुटबलतर्फबाट दोस्रो स्थानमा छन् । फुटबलतर्फबाट यस सूचीमा मेस्सी र रोनाल्डो मात्र समावेश भए ।

  • Post category:खेल