‘रेसिस्ट’ प्रहरी इन्सपेक्टरलाई जेल सजाय

belgian policeबेल्जियममा दक्षिणी ब्रसेल्सको एक प्रहरी चौकीमा कार्यरत मुख्य इन्सपेक्टरलाई कामका बखत गरेको रंगभेदी ब्यवहारका कारण ८ महिना जेल र ११०० युरो जरिवाना भएको छ । त्यस इन्सपेक्टरले गैरकानूनी रूपमा रहेको र पक्राउ परेको थुनुवालाई रंगभेदका आधारमा दुर्व्यवहार गरेको थियो । त्यस्तै, उसले विदेशी मूलका सहकर्मी एक प्रहरी अधिकृतलाई समेत पिटेको थियो । सन् २००९ को सो घटनाबारे हालै निर्णय सुनाउँदै ब्रसेल्सको अदालतले ‘रेसिस्ट’ प्रहरी इन्सपेक्टरले सजायका अलवा पिडितहरूलाई क्षतिपूर्ति दिनुपर्ने आदेश पनि दिएको छ । सहकर्मी प्रहरी अधिकृतलाई उसले १०० युरो तिर्नु पर्नेछ भने गैरकानूनी आप्रवासीलाई साँकेतिक रूपमा एक युरो क्षतिपूर्ति दिनुपर्नेछ ।