नेपालको राष्ट्रिय खेल के हुने ?

खेलकुद मन्त्रालय नेपालको राष्ट्रिय खेल खोज्न लागिपरेको छ।  नेपालको राष्ट्रिय खेल डण्डिबियो र कबड्डी भनी हल्ला भए पनि त्यसको आधिकारिकता नरहेको भएपछि मन्त्रालय यो प्रयासमा जुटेको हो ।

Nepal-fansमन्त्रालयले ‘नेपालको राष्ट्रिय खेल के हुने?’ भन्ने विषयमा राय सुझाव माग गरेको छ। विभिन्न क्षेत्रबाट आएका राय सुझावका आधारमा राष्ट्रिय खेल छनौट र सिफारिससहितको प्रतिवेदन बुझाउन सरकारले राष्ट्रिय खेल छनौट तथा सिफारिस समिति गठन गरेको छ।

कहाँ दिने त सुझाव?

राय सुझाव पठाउनका लागि hamalram217@gmail.com,nationalsports2015@gmail.com मा इमेल गर्न सकिने वा ०१-४४१६१६५ वा ९८४४२३०५८९ वा ९८१३००६८९५ मा फोन गरेर भन्न सकिने समितिले मन्त्रालयले जनाएको छ।

  • Post category:खेल