राष्ट्रपति चढेको विमान तस्करीका लागि प्रयोग

बेलायतको लन्डनस्थित एक वातावरणीय समूहले तान्जानियामा ठूलो परिमाणमा हात्तीको दन्त खरिद गर्नेह मा चिनिया सरकारी अधिकारीह रहेको बिहीबार प्रकाशित आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। ती अधिकारीलाई त्यहा हात्तीको संख्या घट्नुका लागि आंशिक जिम्मेवार ठह·याइएको छ।
ती अधिकारीह ले सन् २०१३ मा चिनिया राष्ट पति सि जिन्पिङ्ग बोकेको विमानमा कूटनीतिज्ञह को सामानको पोकामा अवैध पमा त्यस्ता दन्तह लुकाएर लगेको बताइएको छ।

बेलायतको उक्त वातावरणीय अनुसन्धान निकायले तान्जानियाका दन्त व्यापारीह ले गत वर्ष सिको औपचारिक भ्रमणको दुई साताअघि नै ती चिनिया अधिकारीह ले खरिद गरेका हजारौं किलोग्राम हात्तीको दन्त त्यसरी चीनतर्फ पैठारी गरेको जानकारी दिएका हुन्।
अन्य यात्रुह को सामान जस्तै कूटनीतिकह को सामानका पोका र सरकारी विमानमा ल्याइएका सामानको भन्सार अधिकारीह ले गम्भीर ढंगले नजा च्ने अन्तर्राष्टि य प्रावधान रहेको छ। चीन सरकारका अनुसार सिको तान्जानीय भ्रमणमा सिका पत्नी पेंग लियुआनलगायत चार जना वरिष्ठ सरकारी अधिकारी संलग्न रहेका थिए। तान्जानियाबाट दन्त तस्करी भएको घटना सिको भ्रमणस ग मात्र सीमित नरहेको बताइएको छ।
दन्त व्यापारीह ले सन् २०१३ को डिसेम्बरमा चिनिया नौसैनिक कार्यदल ारा भएको तान्जानियाको सद्भाव भ्रमणको दौरान पनि आफूह ले सो दलका सैनिकलाई ५० हजार अमेरिकी डलर बराबरको हात्तीको दन्त बेचेको दाबी गरेका छन्।
सोही भ्रमणको दौरान युबो नामक चिनिया व्यापारीलाई ८१ वटा दन्त एक जना सैनिक अधिकारीलाई हस्तान्तरण गर्न लागेको अवस्थामा गिरफ्तार गरिएको थियो। उनलाई सो अपराध वापत २० वर्ष लामो कारावास सञ्जाय सुनाइएको थियो।