राजदूत थापाद्वारा बेल्जियमका राजा समक्ष ओहोदाको प्रमाणपत्र पेश

lokबेल्जियमका लागि नव नियुक्त नेपाली राजदूत लोकबहादुर थापाले बेल्जियमका राजा समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

बुधबार ब्रसेल्सस्थित लेकेन प्यालेसमा आयोजित एक विशेष समारोहबीच राजदूत थापाले राजा फिलिप समक्ष ओहदाको प्रमाणपत्र पेश गरेका हुन् । ओहदा बुझाउने क्रममा राजदूत थापाले राष्ट्रपति विद्यादेवी भण्डारीले बेल्जियमका राजालाइ पठाएको शुभकामना सन्देश प्रस्तुत गरेको दूतावासले जनाएको छ ।

समारोहमा बेल्जियमका राजा फिलिपले राजदूत नियुक्त भएकोमा वधाइ दिंदै थापाले आफ्नो कार्यकालमा दुई मुलुकबीचको द्विपक्षीय सम्वन्धलाई सुदृढ  बनाउन सक्षम हुने विश्वास व्यक्त गरेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै सन् १९९८ मा राजकुमारको रुपमा नेपाल भ्रमण गरेको सम्झना र त्यस पछिका दिनहरुमा नेपालमा राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा परिवर्तन भएको उल्लेख गरेको समेत जनाइएको छ ।

राजदूत थापाले मित्रराष्ट्र बेल्जियम र नेपालबीच रहिआएको मैत्री सम्वन्ध अझ सुदृढ बनाउन आफू प्रतिवद्ध रहेको उल्लेख गरेका थिए । थापाले गत अक्टोबरमा बेनेलक्स ( बेल्जियम, नेदरल्याण्डस, लक्जेम्बर्ग) र युरोपेली महासंघ (ईयू ) का लागि  पदभार ग्रहण गरेका थिए ।

सन् १९९२ मा राजधानी ब्रसेल्समा नेपाली दूतावास स्थापना गरीए पछीका थापा बेल्जियमका लागि छैटौ नेपाली राजदूत हुन्  ।

फोटो  / नेपाली दूतावास ब्रसेल्सको फेसबुकबाट