राजदूतका छोराले ल्याप-टप चोरे

युरोपियन युनियन तथा बेल्जियमको राजधानी ब्रसेल्समा एक राजदूतका छोराले ल्यापटप चोरेको र कुटनीतिक उन्मुक्तीका कारण बिना कार्यवाही प्रहरीले रिहा गरेको समाचार यहाँको वेब पत्रिका brusselnieuws.be ले प्रकाशित गरेको छ ।

laptop२२ वर्षिया महिलाको सामान चोरी हुँदा सो घटना देखीरहेका एक साक्षीले मोटरसाइकलमा पीछा गरेका थिए । त्यसपछि प्रहरी आए र चोर केटाको बारेका अनुसन्धान गर्दा राजदूतका छोरा भएको पुस्टी भएपछि उनलाइ तुरून्तै छोडिएको थियो ।

आफूभन्दा अगाडि चोर केटा छोडिँदा पिडित छक्क परेको उनले बताइन् । प्रहरीले उनको ल्यापटप फिर्ता गर्दै चोरलाइ कार्यवाही गर्न नसकिने कारण देखायो-  ल्यापटप चोरेको प्रमाण भए पनि राजदूतका छोरालाइ कुटनीतिक उन्मुक्तीका कारण कुनै कार्यवाही गर्न सकिन्न ।

ती राजदूत एक अफ्रिकी मुलुकको भएको समाचारमा जनाइएको छ ।