रणवीर र कट्रिनाको रोमान्स स्पेनमा

ranbir-Katrinaबलिउड नायक रणवीर कपुर र नायिका कट्रिना कैफबीच प्रेम सम्बन्ध रहेको र उनीहरू बिहेको तयारीमा रहेको खबरको अब पुष्टि भएको छ। उनीहरूको तात्तातो रोमान्सको तस्वीर सार्वजनिक भएसँगै यो खबरको पनि पुष्टि भएको हो।

यो जोडीले स्पेनको समुद्री तटमा बिताएको रोमाञ्चक तस्वीरहरू सार्वजनिक भएको हो। यी तस्वीरमा कट्रिना बिकनीमा देखिएकी छिन् भने रणवीर र उनीबीचको रोमान्स प्रस्ट देखिन्छ। सार्वजनिक स्थलमा उनीहरूले गरेको खुल्ला रोमान्सका यी तस्वीर विभिन्न सामाजिक सञ्जालमा समेत छाएका छन्। कट्रिना सलमान खानसँगको ब्रेकअपपछि रणवीरप्रति आकर्षित भएकी थिइन्। रणवीर पनि दीपिका पादुकोणसँगको ब्रेकअपपछि कट्रिनाको मायाजालमा परेका थिए। यसअघि यो जोडीको श्री लंकामा रोमान्स गरीरहेका भेटीएका थिए ।