रणवीर कपूर नेपालको ‘ब्रान्ड एम्वेसडर’ ?

ranbir-kapoorबलिउड अभिनेता रणवीर कपूरलाई नेपालको ब्रान्ड एम्वेस्डर बन्न युनेस्कोले प्रस्ताव गरेको छ ।

नेपालको सामाजिक अभियानमा सहयोग गरिदिनका लागि युनेस्को नेपालले उनलाई आग्रह गरेको हो ।

रणवीरलाई ‘सबैको लागि शिक्षा’ अभियानको ब्रान्ड एम्वेस्डर बनाउन लागिएको प्यान्ट्रन अफ एजुकेसन फर अलका प्रमुख विनोख खेतवातले बताए । उनले रणवीरलाई अभियानमा सामेल गराउँदा निकै प्रभावकारी हुने विश्वास व्यक्त गरे।

‘रणवीरलाई नेपालमा राम्रो अभिनेताका रुपमा चिनिने र उहाँका शब्दमा शक्ति भएको हुँदा यो प्रस्ताव गरेका हौँ ।’ उनले भने ‘आशा छ, उहाँले सकारात्मक प्रतिक्रिया दिनुहुनेछ।’