यो हो यौन-शक्ति बढाउने उपाय

आफ्नो पार्टनरलाइ यौन सन्तुष्टि दिन नसक्दा धेरैमा आत्मग्लानी हुन्छ । यौन शक्ति नहुनुका समस्याहरू, यौन शक्ति बढाउने खान-पिन र अन्य उपायहरूबारे यहाँ चर्चा गरिन्छ ।
Man’s-Problem
पुरुषहरुको यौन शक्तिमा कमी ल्याउने केहि कारक:

जाँड रक्सी र सुर्तिजन्य बस्तुको प्रभाव: जाँड रक्सी, चुरोट र सुर्तिजन्य बस्तुको अत्याधिक सेवनले लिङगको कोशिकाहरुमा प्रभाव पार्दछ र यो यौन शक्ति कमजोर हुनुको एक मुख्य कारण हो ।

डिप्रेशन: धेरै तनाबले हार्मोनमा परिवर्तन ल्याउछ । यौन शाक्ति कम गर्ने कारण मध्ये एक यो हो ।

बिरामी: डायबीटीज र हाई ब्लड प्रेशरले पनि यौन शक्ति कम गर्दछ ।

यौन शक्ती बढाउन खान-पानका केही सुझावहरू-

अदुवा
यौन शक्त बढाउनेमा यसको भूमिका पनि अत्यन्त महत्वपुर्ण हुन्छ । त्यसैले यसलाई खान-पिनमा अवश्य प्रयोग गर्नुहोस ।

खजूर
बादम, पिस्ता र खजूर दैनिक खानाले तपाईले अवश्य फरक महशुश गर्नुहुनेछ ।

लसुन
काचो लसुनको २-३ पोटि दैनिक खानाले तपाईको यौन प्रभाव बढाउनेछ।

ताजा फलफूल
यौन शक्ति कमी भएर पीडित मानिसहरुले ताजा फलहरुलाई आफ्नो नियमित खुराकमा अवश्य सामेल गर्नु पर्नेछ ।

सेतो मुसली
यूनानी चिकित्साका अनुसार सेतो मुसली ( बोजो जस्तै एक प्रकारको बनस्पति )को प्रयोगले यौन शक्ति बढाउन धेरै फाइदाजनक हुन्छ ।