यो आइतवार युरोपेली समय बदलिने

हरेक साल अक्टोबर महिनाको अन्तिम आइतवार युरोपमा शीतकालिन समय सच्याइन्छ । सोहीअनुसार यो आइतवार (शनीवार र आइतवारबिचको राती) समय परिवर्तन हुन्छ । जसअनुसार, ब्रस्रेल्स, पेरिस र बर्लिनमा रातको ३ बज्दा घडीको सुइ घुमाएर २ बनाउनुपर्ने हुन्छ, अर्थात एक घण्टा बढी सुत्न पाइन्छ ।

Europe eveningयसैबिच, शीतकालिन समय सच्याइँदा दुर्घटना ज्यादा हुने तथ्याङ्क बेल्जियमको रोड सुरक्षासम्बन्धि विभागले सार्वजनिक गरेको छ । रात एक घण्टाअघि आउने भएकोले सावधानी अपनाउनु पर्ने हुन्छ । खासगरी अपरान्ह ४ बजेदेखि ७ बजेसम्मको समयमा धेरै दुर्घटना हुने गर्छ ।