एनआरएन युरोप संयोजकको आव्हान

arjunएनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठले युरोपबाट शुरुवात गरीएको एनआरएन परोपकारी कोषलाई संसार भरीका एनआरएनले अनुशरण गर्ने आशा ब्यक्त गरेका छन्| गत ४ जनवरीदेखि बेल्जियमबाट शुरुवात गरीएको परोपकारी कोष निर्माण सहयोगार्थ सास्कृतिक कार्यक्रम युरोपका अन्य देशहरुमा पनि सफलतापूर्वक सम्पन्न भए पश्चात आयोजकलाई धन्यवाद दिने क्रममा उनले यस्तो आशय ब्याक्त गरेका हुन्| उनले विश्वभरि स्थापित एनआरएनले यस परोपकारी अभियानलाई अगाडी बढाउदै नेपालीहरुकै सेवामा समर्पित हुने आशा समेत ब्याक्त गरेका छन् |

परोपकारी कोष सहयोगीमा हार्दिक धन्यवाद

विश्व भू-मण्डलिकरणसँगै मानिसहरु एक देशबाट अर्को देशमा बसोवास गर्ने क्रम बढिरहेको बेला बिगत दुई दशकदेखि नेपालीहरु पनि विश्वका विभिन्न मुलुकमा वसोवास गर्दै आईरहेको सर्वविदिदै छ| विभिन्न अवसरको खोजीमा होस् वा अन्य कारणले बिदेशिएका नेपालीहरु पछिल्लो समयमा विभिन्न देशमा समृद्धीको साथै कतिपय असजिलो अवस्थामा समेत रहनु परेको छ|

प्रवासमा आफ्नो भाषा-संस्कृतिको जगेर्ना गर्नुको साथै असहज रुपमा रहेका नेपालीलाई पनि सहयोग गर्नु अत्यन्तै आवश्यक रहेको बेला नेपालीहरुको एउटै मात्र साझा संगठन गैर आवासीय नेपाली संघको परोपकारी कोष निर्माण अभियानले युरोपमा सार्थकता पाएको छ|

गत ४ जनवरीमा एनआरएन प्रमुख संरक्षक रामप्रताप थापा, अध्यक्ष शेष घले, महासचिब कुमार पन्त, युरोप सह-संयोजक सोम सापकोटा तथा महिला संयोजक सपिला राजभण्डारी र सह-संयोजक रजनी प्रधानका साथसाथै विभिन्न देशका एनआरएन एनसीसी तथा आईसीसीसदस्यको उपस्थितिमा एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङको अग्रसरतामा शुरुवात गरिएको यस अभियानबाट प्रेरित हुदै हालसम्म युरोपका देशहरु लक्जेम्बर्ग, फ्रान्स, पोर्चुगल, फिनल्याण्डमा समेत परोपकारी कोष निर्माणको थालनी भै सकेको छ| यस अभियानलाई सफल बनाउन सहयोग गर्नु हुने सम्पूर्ण गैर आवासीय नेपाली दाज्युभाई तथा दिदिबहिनीहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु |

विश्व भरि स्थापित एनआरएनले यस परोपकारी अभियानलाई अगाडी बढाउदै नेपालीहरुकै सेवामा समर्पित हुने आशा ब्याक्त गर्दै केहि दिनहरुमा स्पेन आयोजना हुन गैरहेको कार्यक्रमको सफलताको शुभकामना दिन चाहन्छु| यस अभियानलाई सार्थक तुल्याउन नेपालबाट आउनु भएका कलाकारत्रय मनोज गजुरेल,पशुपति शर्मा र रिता थापाका साथै सम्पूर्ण सहयोगी र पत्रकार मित्रहरुलाई पुन हार्दिक धन्यवाद दिन चाहन्छु|

अर्जुन कुमार श्रेष्ठ(संयोजक)
एनआरएन युरोप