पत्रकार महासंघ युरोपका अध्यक्ष सम्मानित

नेपाल पत्रकार महासंघ युरोप शाखाको अध्यक्ष महेश थापालाई सम्मान गरिएको छ । काठमाण्डौमा भएको एक कार्यक्रमविच नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रिय सदस्य दिपक पाण्डेले उनलाई खादा ओढाएर सम्मान तथा स्वागत गरेका थिए । त्यसैगरी, अटो पत्रकार संघका अध्यक्ष उज्वलजंग शाह र महासचिव केदार दहालले पनि उनलाई खादा ओढाइ सम्मान गरेका थिए ।
कार्यक्रममा अध्यक्ष महेश थापाले युरोप शाखाले निकट भविष्यमा केन्द्रसंग सहकार्य गर्दै विभिन्न योजना अगाडि ल्याउने जानकारी दिए । FNJ Europe-ktm