युरोप जनसंपर्क समितिको क्षेत्रिय सम्मेलन २७ मेमा नेदरल्याण्ड्समा हुने नै भयो

नेपाली जनसंपर्क समिति युरोपको क्षेत्रिय सम्मेलन आगामी २७ मेमा नेदरल्याण्ड्समा हुने भएको छ । क्षेत्रिय सम्मेलनको पूर्व सन्ध्यामा प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष दिल गुरुङ र महामन्त्री गंगाधर गौतम ले भनेका छन्:
– नेपाली जनसंपर्क समितिहरुको युरोपेली क्षेत्रिय सम्मेलन आगामी २७ मे मा नेदरल्याण्ड्समा हुन गैरहेको सहर्ष जानकारी गराउँदछौं । युरोपेली क्षेत्रिय भेला विषेश युरोपेली क्षेत्र भित्र स्थापति भएका नेपाली जनसंपर्क समितिहरु विच संयुक्त रुपमा छलफल गरेर, समग्र जनसंपर्क समितिहरुको संस्थागत विकास प्रकृया, स्थायित्व, व्यवस्थापन र समितिहरु विचको सहयोग आदान प्रदान गराउने विशुद्ध लक्ष्यका साथ यो सम्मलेनको आयोजना गरिएको छ ।“नेपाली जनसंपर्क समिति युरोपको आव्ह्रान, आर्थिक समृद्धि, लोकतन्त्र र एकताको अभियान !” भन्ने मुल नाराका साथ कार्यक्रम संपन्न हुने छ ।
– जनसंपर्क समिति युरोप र यस्का वैधानिक पक्षको बारेमा सामाजिक संजालहरुमा टिकाटिप्पणीहरु देखिएका छन् । लोकतन्त्रान्कि पद्धतिमा फरकमतको उच्च सम्मान हुन्छ नै । तथापी साँगठानिक आचरणलाई पनि नजरअन्दाज गर्न नमिल्ने र पार्टि अनुशासनलाई पनि उच्च सम्मान गरिनु पर्दछ । नेपाली जनसंपर्क समिति १९७६ मा स्थापित भएको तर नेपाली जनसंपर्क समितिको विधानमा २००९ मा मात्र लिपिवद्ध भएको, युरोपेली डायस्पोरामा रहेका सवै लोकतन्त्रबादीहरुको आवश्यकता अुनसार २००६ मा नेपाली जनसंपर्क समिति स्थापन भएको स्मरण गराउँदै पार्टि आन्तरिक मतान्तरलाई उच्च विवेकका साथ मिडियावाजी र प्रोपागाण्ड नगर्न हार्दिक अनुरोध गर्दछौ । कुनै सवाहरुमा जो कसैको पनि फरक मत रहेको भए ति सवालहरुलाई चोथौ भेलामा छलफल गराउने प्रतिवद्धता व्यक्त गर्दछौं ।
– युरोपेली क्षेत्रिय नेपाली जनसंपर्क समितिहरुको भेला विषेश गरेर नेपाली काँग्रेसका आगामी निति तथा कार्यक्रम, नेपाली जनसंपर्क समितिहरुको संस्थागत विकास, प्रवासमा नेपाली जनसंपर्क समितिहरुलाई परेका कानुनी समस्या, जनसंपर्क समिति परोपकारी कोष, जनसंपर्क समितिहरुको आर्थिक कोष निर्माण, युरोप क्षेत्रमा जनसंपर्क समितिहरु विच सहयोग आदन प्रदान तथा सहयोग प्रवद्र्धन, जनसंपर्क समितिहरु गठन नभएका देशहरुमा जनसंपर्क समिति गठनमा सहजीकरण गर्ने र अव जारी हुने संविधानमा नेपाली नागरिकताको निरन्तरता र आप्रवासी नेपाली कामदारहरुको हक, अधिकार र सुरक्षा जस्ता विषयहरुमा छलफल केन्द्रित रहने कुरा जानकारीका लागि अनुरोध गर्दछौं ।
– नेपाली जनसंपर्क समिति युरोप सवैको साझा फोरम रहेकोले यो भेलालाई सफल बनाउन सवैको जिम्मेवारी रहेको छ । युरोपमा रहेका नेपाली जनसंपर्क समितिहरु, साधारण सदस्यहरु, कृयाशिल सदस्यहरु र सवै लोकतन्त्रवादीहरुलाई मे २७ आमस्टाडाममा हार्दिक स्वागत गर्न चाहान्छौं । व्यवस्थापकिय पक्षलाई लाई आफ्नो समिति अन्तरगतका काम कारवाहीहरु प्रभावकारी रुपमा गर्न हार्दिक अनुरोध गर्दछौं ।