युरोपेली मुलुकबाट जातीय मुद्दाको दबाब : सम्पादकको राजीनामा

dhrubahari adhikariपश्चिमा मुलुकहरू नेपालमा जातीय सद्भाव बिथोल्न भित्रभित्रै तर आक्रामक ढङ्गले क्रियाशील रहेको तथ्य पुन: खुलासा भएको छ । युरोपका केही मुलुकहरूले नेपालमा जातीय सद्भाव बिथोल्न ठूलो लगानी गरिरहेको चर्चा चलिरहेका बेला बीबीसी साझा सवालको सम्पादक पदबाट वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारीले राजीनामा दिनुपर्ने परिस्थिति आएपछि युरोपेली नियतको पुन: खुलासा हुन पुगेको हो । सन् २०१२ को मे महिनादेखि बीबीसी साझा सवालको सम्पादक रहँदै आउनुभएका अधिकारीले रेडियोद्वारा प्रसारित ‘कथा मीठो सारङ्गीको’ र ‘भलाकुसारी’ कार्यक्रमको समेत सम्पादन गर्दै आउनुभएको थियो । अब, बजेट अभाव भएको बताउँदै रेडियो कार्यक्रम जुलाई ३१ देखि बन्द गरिने भएको छ ।
समाचार तथा समसामयिक विषयमा आधारित टीभी कार्यक्रम साझा सवाललाई ‘सामाजिक रूपान्तरणमा आधारित’बनाउन बीबीसी मुख्यालयले विगत डेढ महिनादेखि पत्रचार गर्ने गरेको बुझिएको छ । यसबीचमा बीबीसी मुख्यालयका जिम्मेवार अधिकारीहरूसमेत नेपाल आएर कार्यक्रमको स्वरूप बदल्न दबाब दिएको जानकारीमा आएको छ । समाचार तथा समसामयिक विषयमा आधारित साझा सवाललाई चुनावको मिति घोषणासँगै ‘सामाजिक रूपान्तरणमा आधारित’ बनाउन बीबीसी मुख्यालयले दबाब दिन थालेको हो । सामाजिक रूपान्तरण नाममा ब्रिटेनलगायत केही युरोपेली मुलुक नेपालमा निश्चित जातीय समुदायलाई मात्र महत्त्व दिने गरी कार्यक्रम निर्माण गर्न चाहन्छन् । युरोपेलीहरूले सामाजिक रूपान्तरणकै नाममा अशोक राई नेतृत्वको जातीय समूहलाई समेत ठूलो धनराशि उपलब्ध गराउँदै आएको छ । नेपालमा लोकप्रिय बन्दै गरेको साझा सवाललाई समेत सामाजिक रूपान्तरणको मुद्दामा केन्द्रित गर्न दबाब आएपछि सम्पादक धु्रवहरि अधिकारीले गत साता पदबाट राजीनामा दिनुभएको बताइएको हो । चुनावको निकटतासँगै जातीय मुद्दा उठाउन दबाब दिनुले बीबीसी र ब्रिटेन तथा युरोपेली केही मुलुकको नियत छर्लङ्ग हुन पुगेको छ ।
नेपालको सँक्रमणकालको समयावधिलाइ आ-आफ्नो फाइदामा प्रयोग गर्न प्रशस्त चलखेल भइरहेको छ । यही चलखेलको प्रतिरोधस्वरूप पत्रकार अधिकारीले बिबिसी छोडेका छन् । एक दर्जनभन्दा ज्यादा विदेशी संचारमाध्यमहरूसँग सम्बद्ध भइ काम गरीसकेका अधिकारी नेपाल र लण्डनमा पत्रकारितासम्बन्धी शिक्षा हासिल गरेका अनुभवी पत्रकार हुन् ।