युरोपियन युनियनका अध्यक्ष हर्मन भान रोम्पोइकी बहिनी माओवादी

Tine Van Rompoyयुरोपियन युनियनका अध्यक्ष हर्मन भान रोम्पोइकी बहिनीले आफू माओवादी पार्टीको सदस्य भएको बताएकी छन् । बेल्जियमका पूर्व प्रधानमन्त्री हर्मन भान रोम्पोइ र उनका भाइ क्रिश्चियन डेमोक्रेट हुन् ।

युरोपियन युनियनका अध्यक्ष हर्मन भान रोम्पोइकी बहिनी टिने भान रोम्पोइले बेल्जियमको माओवादी पार्टी PVDA को पूर्णकालिन सदस्यता लिएको र वैतनिक सदस्यको रूपमा काम गरीरहेको कुरा यहाँको ‘द जोनदाख’ नामक साप्ताहिक पत्रिकालाई बताएकी छन् ।

आफ्ना भाइहरूसँग आफ्नो मत नमिलेको र आफू ‘जनताको पक्षमा उभिएको’ उनले पत्रिकालाई बताइन् ।