युरोपमा ‘नमस्ते नेपाल’को प्रदर्शन

13466160_619777748191517_1373080700241275420_nअध्ययनको शिलशिलामा युरोप आएको नेपाली विद्यार्थीको कथालाई मुख्य बिषयबस्तु बनाएर निर्माण गरिएको नेपाली चलचित्र ‘नमस्ते नेपाल’ले आफ्नो रेड कार्पेट प्रिमियर बेल्जियमबाट शुरु गरेको छ ।

असार ३१ मा देशब्यापी प्रदर्शन थाल्ने फिल्मले बिभिन्न युरिपेली मुलुकहरुमा समेत प्रदर्शन गरेको छ । राजु शाहले निर्देशन गरेको फ्लिममा सविन श्रेष्ठ विद्यार्थीको भूमिकामा देखा परेका छन् भने फिल्ममा श्याम श्रेष्ठ , म्युजिक खड्का पार्वती अधिकारी, गोपाल ढकाल, नरेन्द्र थापा, सनम बैराग, कमला दाहाले पनि अभिनय गरेका छन ।

फिल्ममा स्थानीय आना कलान्दाज लगायत अन्य बिदेशीहरुको पनि भूमिका रहेको छ । फ्लिममा सबिनको क्लासमेट आनाले सविनालाई मन पराएको तर सविनले भने अकस्मात भेटिएकी अनुजा प्रधानलाई मन पराएको देखाइएको छ ।

सविन अनुजा प्रधान संगको  प्रेममा बाधिन्छन र विवाह पनि हुन्छ । विवाह पछी अनुजाको हत्या हुन्छ । हत्या अभियोग लागेका सविन अन्तमा निर्दोष सावित हुन्छन । र  नेपाल फर्कने समय आनाले औधि मन पराएको साथीहरुबाट थाहा पाएका सविनको मुस्कान संगै फिल्मले बिट मार्छ ।

तीन साता साता अघि मात्रै आफ्नो फस्टलुक सार्वजनिक गरेको फिल्मको ‘तिमीलाई पाउनु अघि फूल हेरि रमाउथे.. ‘‘लैजान्छु तिमीलाई जहाजमा चढाई मेरो गाउमा..’ बोलको गीतले चर्चा पाएको छ। बसन्त सापकोटा र ओम सुनारको संगीतमा राजेश पायल राइ र सितल मोक्तानले स्वर भरेका छन ।

अध्ययनको क्रमममा सविनले  सगरमाथा, बुद्वको जन्मस्थल नेपाल एंव नेपालको प्राकृतिक सुन्दरताको बयानले प्रभावित भएर एक विद्यार्थी नेपाल भ्रमण गएको देखाइएको छ ।

फिल्मले प्रवासमा रहेका हरेक नेपालीहरुले नेपालको पर्यटन प्रवर्द्वनको लागी आ आफ्नो ठाउबाट सकारात्मक भूमिका निर्वाह गर्न सकिन्छ भन्ने सन्देश दिएको छ ।

प्रदीपकुमार उदय, मन्दिरा श्रेष्ठ र सृजु शाहको लगानीमा फ्लिमको निर्माण गरिएको हो ।