युरोपमा अंग्रेजी भाषाको दबदबा

पछिल्लो समय युरोपमा अंग्रेजी भाषाको दबदबा बढेको पाइएको छ । मातृभाषा नभए पनि अंग्रेजी निपुणता भएका ६० देशको सूचीमा अग्र १० स्थान युरोपेली राष्ट्रले ओगटेका छन् । अंग्रेजी विश्वभर बोलिने भाषाका रुपमा विकसित भए पनि विश्व अर्थतन्त्रमा राम्रो प्रभाव भएको चीन भने यो सूचीको ३४ औं स्थानमा छ ।

ENGLISH_IS_FUNशीर्ष १० मा रहेका देशहरुमा स्वीडेन, नर्वे, नेदरल्याण्ड, इस्टोनिया, डेनमार्क, अस्ट्रिया, फिनल्याण्ड, पोल्याण्ड, हंगेरी र स्लोभेनिया छन् । यी सबै युरोपेली मुलुक हुन् । सूचीमा शीर्ष स्थानका सात राष्ट्रलाई धेरै उच्च निपुणता भएको बताइएको छ भने ८ देखि १७ औं नम्बरमा रहेका राष्ट्र उच्च निपुणता भएका मानिएका छन् । उच्च निपुणता भएका राष्ट्रमा दुई एसियाली मुलुक मलेसिया र सिंगापुर मात्र परेका छन् ।
भारत उक्त सूचीको २१ औं स्थानमा छ भने जापान २६ औं र चीन ३४ औं स्थानमा छ ।