युरोपका काँग्रेसीहरू फ्रांकफर्टमा जम्मा

युरोपका काँग्रेसीहरू फ्रांकफर्टमा जम्मा भएका छन् । नेपाली कांग्रेसको युरोपस्थित भ्रातृ संस्था नेपाली जनसम्पर्क समितिको दुर्इ दिने भेला जर्मनीको ब्यापारिक सहर फ्रांकफोर्टमा आइतबार र सोमबार हुँदैछ ।

jana-samparka-bhela-garmany-2016-decगैरआवासीय नेपाली संघको आउँदो अधिवेशनको पृष्ठभूमिमा आयोजना हुंदै गरेको सो भेलाले युरोपेली डायस्पोरामा  गैरआवासीय नेपाली संघको माहाैल तताउने अनुमान गरिएको छ । कांग्रेसी भेलामा गैरआवासीय नेपाली संघका केन्द्रिय उपाध्यक्ष कुमार पन्त, संस्थापक नेता रामप्रताप थापा लगायतले सम्वोधन गर्ने भएका छन् ।
भेलामा यूरोपेली देशहरू  नर्बे, स्वीडेन, डेनमार्क, स्वीट्जरल्याण्ड, स्पेन, पोर्तुगल, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड, लक्स्जेम्बर्ग, पोल्यान्ड, बेलायत , आयरल्यान्ड लगायतका देशका प्रतिनिधिहरूले भाग लिंदैछन् । उसो त भेलामा पार्टी सुदृढीकरणलगायत समितिको दोश्रो अधिवेशन, विधान संशोधन, अधिवेशन आयोजक तथा निर्वाचन समितिको गठन लगायतका एजेन्डामा छलफल हुने बताइएको छ र नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डे  भेलामा भाग लिन आइसकेका छन् ।

नेपाली जनसम्पर्क समिति नेपाली कांग्रेसको भातृ संगठन भए पनि युरोपियन समितिले अहिलेसम्म मान्यता पाएको छैन । किनकी कांग्रेसीहरूको अर्को एक हिस्साले यो समितिलार्इ अस्वीकार गर्दै आएको छ ।