म्यान बुकर पुरस्कारबाट लघु कथाकार पुरस्कृत

Lydia Davis writerयस वर्षको ब्रिटिश Man Booker International Prize अमेरिकी (लघु) कथाकार लिदिया डेभिसलाई प्रदान गरिएको । ६० हजार ब्रिटिश पाउण्डको सो पुरस्कार उत्कृष्ट योगदान दिने साहित्यकारलाई दिइन्छ । ज्यादाजसो साहित्यिक पुरस्कारहरू उपन्यासकार वा ठूला ग्रन्थका लेखकहरूलाई दिइने गरेकोमा यस वर्ष (२०१३) मा लघुकथा क्षेत्रमा दिएर नयाँ सन्देश दिइएको समिक्षकहरूले बताएका छन् ।

पुरस्कारका लागि अन्तिम चरणमा भारत, पाकिस्तान, युक्रेन, चीन, फ्रान्स, क्रोशिया, रूस, अमेरिका र स्वीसका लेखकहरूको नाम सोचविचार गरीएको थियो ।

अँग्रेजी मातृभाषा वा अँग्रेजीमा उल्था भएका पुस्तकका विशेष रूपमा योग्य प्रतिभाहरूलाई सो पुरस्कार दिइन्छ । नझुक्किनुपर्ने कुरा, Man Booker International Prize जस्तै अर्को पुरस्कार Man Booker Prize for Fiction दिइन्छ । दोस्रो पुरस्कार उत्कृष्ट उपन्यासलाई दिने चलन छ ।