मोदीले मध्य रातमा ट्वीट गरे- नेपाल पुरानो र गहिरो मित्र

Narendra Modiभारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालबारे गए राती साढे ११ बजे दुई वटा ट्वीट गरेका छन्।

उनको सँगसँगै गरिएका मध्ये पहिलो ट्विटमा मोेेदीले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सशील कोइलारा र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई आफूलाई प्राप्त शुभकामनाका लागि धन्यवाद दिएका छन्।
राती साढे ११ बजे नै गरिएको अर्को ट्विटमा नरेन्द्र मोदीले नेपाल भारत सम्बन्धबारे संक्षिप्त प्रतिक्रिया दिएका छन्, ‘नेपाल पुरानो र हाम्रो गहिरो महत्वको मित्र हो। नेपालसँगको हाम्रो सम्बन्धलाई विभिन्न आयाममा सुदृढ गर्न हामी प्रतिवद्ध छौं।’