मोदीलाई १९ तोपको सलामी दिईने

modiसत्रवर्ष पछी नेपालको औपचारिक भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजकीय सम्मानका साथ नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १९ तोपको सलामी दिने भएको छ |

मोदी आइतवार विहान विशेष विमानबाट कम्तिमा ५ मन्त्री सहित काठमाडौं आउनेछन|मोदीको टोलीमा एक सय भन्दा बढि सदस्य रहने जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ| मन्त्रालयले शुक्रवार पत्रकार सम्मेलन गरी भ्रमणका कार्यक्रम सार्वजनिक गरेको थियो|

मोदीलाई स्वागत गर्न प्रधानमन्त्री सुशील कोइराला अति विशिष्ठ कक्षसम्मै जानेछन्|विमानस्थलबाट मोदी बौद्धस्थित हायात होटलमा जाने छन|केहीबेर आराम गरेर उनी दिवाभोजमा सहभागी हुनेछन|त्यसै दिनप्रधानमन्त्री कोइरालासँग भेटवार्ता गर्ने र व्यवस्थापिका संसदलाई विशेष सम्बोधन गर्ने कार्यक्रम बनाइएको छ |आइतवार बेलुका कोइरालाले होटल सोल्टीमा मोदीको सम्मानमा रात्रीभोजको आयोजना गरेका छन|मोदीले प्रधानमन्त्रीलाई सिंहदरबारमा भेट्ने छन|अरु भेटघाट होटलमा हुने मन्त्रालयले जनाएको छ|

मोदीले साउने सोमबार पारेर हिन्दूहरुका आराध्यदेव पशुपतिनाथको विशेष पूजा गर्नेछन|सोमवार विहान मोदीको विशेष पूजाका लागि पशुपतिका मूल भट्ट र पुजारी सहित भारतबाटै केही पण्डितहरु पनि मोदीसँगै आउनेछन| पशुपतिको विशेष पूजापछि सोमवार शीतलनिवासमा राष्ट्रपतिसँग भेटवार्ता हुने भएको छ|सोमवार नै दुई देशबीच केही सम्झौतामा हस्ताक्षर हुने छ|