यी हुन्- मोटोपन नियन्त्रण गर्ने उपाय

कसरतको कमी र खानपानमा ‘जङ्क फुड’ का कारण मानिसहरूमा मोटोपनको समस्या निकै धेरै देखिन थालेको छ । यसमा पनि पेट बढ्ने समस्याले त झन् धेरैलाई सताएको छ । दैनिक जीवनमा खानपानलाई मात्र ध्यान दिन सके यसको समाधान गर्न सकिन्छ । थाहा पाऔ पेट घटाउने केही घरेलु उपायहरू-

overweight-girl– बिहान उठेपछि कागतीको जुस पिउनु पेट घटाउने सबैभन्दा राम्रो उपाय हो । दैनिक रूपमा कागतीको जुस पिउनाले पेट घटाउनका लागि मद्धत गर्छ ।

– सकेसम्म खानामा चामलको प्रयोग नगर्नुस्, यसको विकल्पमा गँहुको प्रयोग गर्नु सबैभन्दा राम्रो मानिन्छ ।

– गुलियो खानेकुराबाट टाढा रहने । यस्तै, चिल्लो पदार्थ धेरै भएको खाना समेत नखाने ।

– धेरै पानी पिउने । समय-समयमा पानी पिउनाले शरिरमा रहेको टक्सिनहरू हटाउन मद्धत गर्छ ।

– २-३ वटा काँचो लसुन दैनिक रूपमा बिहान खाने र सँगसँगै मनतातो कागतीपानी पिउनाले पनि पेट घटाउनका लागि मद्धत गर्छ ।

– सकेसम्म मासुजन्य खानेकुराहरू कम गर्ने ।

– शरिरमा अन्य खानाभन्दा फलफुलको मात्रालाई बढाउने । सकिन्छ भने बिहान र बेलुका फलफुल खाने । यसले शरिरमा आवश्यक पर्ने एण्टीअक्सिडेन्ट, मिनेरल्स र भिटामिनको मात्रालाई पुरा गर्न मद्धत गर्छ ।