मेसीमाथि कर छलेको आरोपमा मुद्दा

messiस्पेनिश अदालतले अर्जेंटीनी फुटबल स्टार लियोनेल मेसी र उनका पिता जर्ज होरासियोलाइ कर छलेको आरोपमा मुद्दा चलाउने भएको छ । आउँदो १७ सेप्टेम्बरमा यस मामिलमा अदालती सुनवाई हुने एक न्यायीक प्रवक्ताले बताएका छन् ।
“वित्तीय शाखाको उजुरीमा बार्सिलोना अदालतमा सुनवाई हुने फैसला भएको छ ,” जोशे मिगुएल कम्पनीले बताएको छ ।

मेसीले २००७ देखि २००९ को बीचमा ४१ लाख (करिब ५० करोड रूपैयाँ) युरो छलेको आशंका गरिएको छ । यसका लागि उनले कर उन्मुक्त हुने देशहरू बेलिज र उरुग्वेमा नक्कली कम्पनी बनाएर अपचलन गरेको बताइएको छ ।

बार्सिलोना फुटबल क्लबका स्टार खेलाडि मेसीले आरोप इन्कार गरेका छन् ।

  • Post category:खेल