मेची-महाकाली रेलमार्गको निर्माण शुभारम्भ

मुआब्जा लगायतको समस्या समाधान भएसँगै मेची महाकाली रेलमार्ग निर्माणले गति पाउने भएको छ । सर्लाही जिल्लाको फूलजोर लालबन्दी खण्ड अन्तर्गत रानीगञ्ज ८, साहेबगञ्जमा एक समारोह बिच भौतिक पूर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधीले ट्रयाकबेड निमार्ण कार्यको शुभारम्भ गर्नुभयो।

नेपाल सरकारले केही बर्ष अधि देखि राष्ट्रिय गौरभ अन्तर्गत राखेर मेची महाकाली बिधुतीय रेल मार्गको डिटेल प्रोजेक्ट रिपोर्ट (डिपीआर)मा मात्र ध्यान दिदा निमार्ण कार्य सुरु हुन सकेको थिएन् । पूर्व पश्चिम बिधुतीय रेल मार्गको बर्दिवास सिमरा (१०८ किलोमिटर ), सिमरा ताम्सरिया (१२७ किलोमिटर), ताम्सरिया बुटवल(६५ किलोमिटर), बुटवल भैरहवा लुम्बिनी लिङ्क(४४ किलोमिटर), सिमरा बिरगञ्ज लिङ्क २८ (किलोमिटर) समेतको अधिकाशं खण्डको डिपीआर बनिसकेको छ । सिमरा ताम्सरिया (१२७ किलोमिटर) भित्र भने चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रका कारण डिपीआर पुरा हुन सकेको छैन् ।