मुक्तिनाथ सुनसान

muktinathभूकम्पका कारण सुरक्षित भएपनि हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्र बनेको मुस्ताङ्ग स्थित प्रसिद्ध मुक्तिनाथ मन्दिर सुनसान बनेको छ। भूकम्पपछिको त्रास र हालै म्याग्दीको वैसरीमा गएको पहिरोका कारण मुस्ताङ्ग वेनी सडक खण्ड अवरुद्ध हुँदा मुक्तिनाथ मन्दिर सुनसान जस्तै बनेको हो । हवाई मार्गबाट पुग्ने तीर्थयात्री बाहेक मुुक्तिनाथमा पैदल मार्गबाट पुग्नेको संङख्या सुन्य भएको छ।

वैशाख महिनाको १२ र २९ गते गएको भुकम्पका कारण पनि मुस्ताङ आउने पर्यटक तथा तीर्थयात्रीको संख्या घटेको छ । भुकम्पका कारण मुस्ताङमा ठुलो क्षति नपुगेपनि भुकम्पपछि पहिरोको जोखिम रहने भएका कारण पनि पर्यटकहरुको संख्या अझै बढ्न सकेको छैन । मुक्तिनाथ र कागवेनीसुनसान बनेका छन । दैनिक हजारौ आन्तरीक र बाह्य तीर्थयात्रीहरु आउने मुक्तिनाथमा अहिले सुनसान बनेको छ ।सिजनमा ५ देखि ६ सयको संख्यामा आउने दर्शनार्थीहरु संख्या अहिले शुन्य प्रायः बनेको छ ।