मिस इन्टरकन्टिनेन्टलमा नेपालबाट ओशिका

Miss continental1आगामी डिसेम्बर १४ तारिखमा जर्मनीको म्याडगेबर्गस्थित मारिटिम होटलमा सञ्चालन हुने ४२औं संस्करणको ‘मिस इन्टरकन्टिनेन्टल २०१३’ मा नेपालकोतर्फबाट पनि सहभागिता हुँदैछ । नेपालकोतर्फबाट यस प्रतियोगितामा सहभागिता जनाउनका लागि ओशिका न्यौपाने शनिबार त्यसतर्फ प्रस्थान गर्दैछिन् ।

नेपाललगायत विश्वका ५८ मुलुकका सुन्दरीहरुबीच प्रतिस्पर्धा हुने यो प्रतियोगितामा नेपालकोतर्फबाट उपस्थिति हुन लागेको यो पहिलो अवसर हो । मिस युनिभर्स हुनु अगाडि भारतीय अभिनेत्री लारा दत्ताले मिस इन्टरकन्टिनेन्टलको उपाधि चुमेकी थिइन् ।

इप्लानेटको आयोजनामा सम्पन्न ‘मिस इन्टरनेसनल नेपाल २०१३’ प्रतियोगिताको मुख्य उपाधि जितेपछि ओशिकाले ‘मिस इन्टरकन्टिनेन्टल २०१३’ प्रतियोगितामा नेपालकोतर्फबाट प्रतिनिधित्व गर्ने अवसर जुराएकी हुन् ।

इस प्रतियोगिताका लागि जर्मनी जानुपूर्व ओशिकाले कोरियोग्राफर रोजिन शाक्यबाट ग्रुमिङ कक्षा लिएकी छन् । यस बाहेक उनले ओयस्टर जिमबाट फिटनेस सम्बन्धी, सुरेश केसी र डाली खनालबाट डाइनिङ एटिकेट्स सम्बन्धी र गल्र्स ब्युटी पार्लरकी ओसाका मुल्मीबाट मेकअप सम्बन्धी तालिम प्राप्त गरेकी छिन् ।

मिस इन्टरकन्टिनेन्टलका लागि ओशिकाका लागि डिजाइर विश्व गौतमले इभिनिङ गाउन तथा कार्यक्रमका लागि आवश्यक अन्य पहिरन तयार पारेका छन् भने वेस्ट नेसनल कस्ट्युमको पहिरन भने डिजाइनर उत्तम बनेपालीले तयार पारेका हुन् ।

उनका लागि ढाकाका केही पहिरन भने डिजाइनर समा बानुले तथा इभिनिङ गाउन दीपा क्रएसनकी दीपाले पनि उपलब्ध गराएकी छिन् । टेलिभिजनकर्मीका रुपमा पनि अनुभव संगालिसकेकी २० वर्षीया ओशिका न्यौपाने पौडी, भ्रमण तथा नृत्यमा रुचि राख्छिन् ।

नयाँबानेश्वर निवासी ओशिकाले पर्सनालिटी विधाको अवार्डसहित ‘मिस इन्टरनेसनल नेपाल २०१३’ को ताज जित्नु अगाडि २०११मा ‘एन्जेल २०११’ को उपाधि विजेता भइसकेकी थिइन् ।

यस बाहेक उनले ‘एन्जल २०११’ प्रतियोगितामा मिस ट्यालेन्ट अवार्ड र सोही विधाको अवार्ड ‘कलेज एम्बेसशडर २०१२’ पनि जितेकी थिइन् । उनी ‘कलेज एम्बेसडर २०१२’ की फाइनलिष्ट पनि हुन् ।
Miss continental