मातेको सुरमा पन्यूले हिर्काउदा श्रीमतीको ज्यान गयो

मादक पदार्थ सेवन गरी  सप्तरीको तेरहौता गाविस–५ नयाँ वस्तीका ३६ वर्षीय नरेश राईले कुटपिट गर्दा श्रीमतीको ज्यान गएको छ ।
बर्ष ३५ की श्रीमती सन्तोषी चौधरी राईलाई मादक पदार्थ सेवन गरी सोमबार साँझ राईले खाना पकाउन भन्दा नमानेको भन्दै पन्यूले कुटपिट गरेको प्रहरीले जनाएको छ ।
सिकिस्त घाइते भएकी श्रीमतीको आज विहान मृत्यु भएको हो । हत्या आरोपमा राईलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक शिशिरकुमार कर्माचार्यले जानकारी दिए ।
लाशलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।