महँगो मोबाइलका शाैखिन गरिब प्रधानमन्त्री

प्रधानमन्त्री सुशील कोइरालाले गत वर्ष फागुन २८ गते प्रस्तुत गरेको सम्पति विवरणमा घरजग्गा, सुनचाँदी, सेयर, नगद, ऋण आदि चल, अचल सम्पति केही नभएको, मात्र मोबाइल फोन तीन वटा भएको उल्लेख छ। यही सम्पति विवरणका आधारमा उनलाई वासिङ्गटन पोस्टदेखि बिबिसीसम्मले विश्वकै गरिब सरकार प्रमुखका रुपमा प्रस्तुत गरे।

sushila koiralaप्रधानमन्त्रीको तीन वटा मोबाइल सम्पतिमा अब अर्को दुई वटा महँगा मोबाइल पनि थपिने भएको छ। प्रधानमन्त्री कार्यालयले तिहार अगाडि दुई वटा मोबाइल किनेको छ।
 
कात्तिक ३ गते प्रधानमन्त्री कार्यालयले दुई वटा सामसुङ मोबाइलका लागि चेक इन्टरनेसनल प्रा.लि.लाई १ लाख ५३ हजार ५ सय ६७ रुपैयाँ भुक्तान गरिसकेका बताइएको छ ।