मधेसी दलले च्याते संविधानको मस्यौदा

मंगलवार संबिधानसभामा मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले मस्यैदा पेस गरे लगत्तै असन्तुष्ट मधेसी दलका nepal-parliamentसभासदले बिरोधमा नारावाजी गर्दै संविधानसभा भित्रै मस्यौदाकाे प्रति च्यातेका छन् ।

सोमवार नै मस्यौदा पेस हुने भनिएकोमा भाषा र शब्दको विवादले पेस हुन सकेको थिएन । प्रमुख दलबीच विवाद मिलेपछि मस्यौदा पेस गर्न बोलाईएको बैठक सुरु हुनासाथ सभासद रुक्मिणि चौधरी र  विश्वेन्द्र पासवानले बिरोध थालेका थिए ।

त्यहि बीचबाट सिटौलाले मस्यौदा वाचन गरे लगत्तै आफ्नो स्थानबाट उठेका मेधेसी दलका सभासदहरु रोस्टम घेर्दै नारावाजी र मस्यौदा च्यात्ने काम गरे ।उनीहरुले  पहिचान सहितको संघीयता र संघीयता सहितको संविधान नआए आफूहरु आन्दोलनमा होमिए चेतावनी दिए ।

संघीय समाजवादी फोरम र  तराई मधेस लोकतान्त्रिक लगायतका पार्टीका सभासदहरु नारावाजी गर्दै संविधानसभबाट निस्केका छन् । सभाध्यक्ष नेम्वाङले संबिधान सभाको अर्को बैठक असार-१७ गते बोलाएका छन् ।