मंगल ग्रहको कक्षमा विमान पुर्याउने भारत चौथो मुलुक

mangalyanविश्व अन्तरिक्ष अभियानमा इतिहास रच्दै भारतले ‘मंगलयान’ नामक उपग्रहलाई मंगल ग्रहको कक्षमा पुर्याउन सफल भएको छ।

यस सफलतासँगै भारत मंगल अभियान सफलतापूर्वक गर्ने विश्व कै चौथो राष्ट्रिय अभियान बनेको छ।

संयुक्त राज्य अमेरिका, युरोप (युरोपियन स्पेस एजेन्सी) तथा रुसले यस अघि मंगल अभियान गरिसकेका छन्। युरोपियन स्पेस एजेन्सी पश्चिम युरोपेली देशहरूको संयुक्त प्रयास हो ।

भारतले करीब दश महिना अगाडी मंगलग्रह तर्फ आफ्नो यान प्रक्षेपण गरेको थियो । करीब साढे सात करोड डलरको खर्चमा गरिएको भारतिय अभियान अत्यन्त सस्तो अभियान भएको बताइएको छ। यानले अब मंगल ग्रहको वायुमण्डलको अध्ययन गर्नेछ।