भ्यालेण्टाइन डे

Dipendra KCक्यालेण्डरमा दोहोरिनेछन्
ती दिनहरु,
फूलवारीमा फेरि
फक्रनेछन् ती फूलहरु !

तर,
फेरि जन्मनेछैन
मेरो “भ्यालेण्टाइन डे”
र, फक्रनेछैन
मेरो सवैभन्दा “प्रिय गुलाफ”
जसले सँगै
विष पिएका थिए, त्यो रात
जतिवेला-
शहरभरि फैलिएको थियो
तिम्रो प्रेमको मृत्युको खवर !

विचराहरुलाई के थाहा ?
अफवाहको १४ फेव्रुअरी
कसैको प्रेममाथी डाँका हालेर
भ्यालेण्टाइन मनाइरहेछ
१ यूरोको आयातित गुलाफले
मदहोसीमा मातेर
छाडा रातहरुमा ।

-दीपेन्द्र अपजसी,
बागलुङ, हाल ओस्टण्डे बेल्जियम