भोजपुर प्रतिभा पुरस्कारबाट कवि विमल गिरी पुरस्कृत

bimal giriभोजपुर प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको ‘भोजपुर प्रतिभा पुरस्कार’ युवाकवि विमल गिरीलाई र ‘भोजपुर प्रतिभा सम्मान’ वरिष्ठ कवि शैलेन्द्र साकारलाई प्रदान गर्ने निर्णय गरेको छ । प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइरहनु भएका कवि तथा गजलकार गिरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), बेल्जियमका अध्यक्ष समेत हुनुहुन्छ । भोजपुर प्रतिभा प्रतिष्ठानका अध्यक्ष दयाकृष्ण राईको अध्यक्षतामा हालै बेलायतमा बसेको बैठकले गरेको सो निर्णयले लेखकहरूको सम्मान र हौसला बढाएको छ । पुरस्कृत सर्जकहरूप्रति अनेसास, बेल्जियमले हार्दिक बधाई ज्ञापन गर्दै डायस्पोरामा रहेर साहित्य साधनारत स्रष्टाको उच्च मूल्याङ्कन भएकोमा खुशी प्रकट गरेको छ ।
सो सम्मान तथा पुरस्कार आगामी असार २१ गते काठमाडौँमा एक समारोहको आयोजना गरी अर्पण गरिने प्रतिष्ठानले जनाएको छ ।