भारतमा ‘एक महीने पत्नी’

 

policeman_India
एक महिने विवाहको मुद्दा हेरीरहेका प्रहरी इन्सपेक्टर

भारतमा किशोरीहरूलाई ‘एक महीने पत्नी’ बनाई सेक्स पर्यटन गरिने तथ्य उजागर भएको छ ।

मध्यपूर्वका अरब र अफ्रीकाका धनी मुस्लिम पुरुषहरू किशोरी केटीहरूलाई एक लाख रूपैयाँमा नक्कली विवाह गरि सेक्सको निम्ति खरीद गर्दछन् ।

पिडित नाउशीन तोबासुमले  हैदराबादको मोघुलपुरीमा गत महीना घरबाट भागेर प्रहरीमा रिपोर्ट गरेपछि यस्तो थुप्रै घटनाहरू विवाहको नाममा जबरजस्ती भइरहेका खुलेको छ ।  एक अधबैंसे सूडानीले चार हप्ताको निम्ति कन्ट्रयाकमा विवाह गरी श्रीमति बनाएको सप्रमाण जाहेर भएको छ ।

मुस्लिम महिला अधिकारकर्मीहरूका अनुसार कम अवधिको निम्ति गरिने यस्तो विवाह भारतमा अवैध र इस्लाम धर्ममा समेत मनाही भए पनि हैदराबादका गरिब बस्तीहरूमा मौलाइरहेको छ । जहाँ धनाढ्य विदेशीहरू, स्थानीय एजेन्टहरू, सरकारद्वारा नियुक्त मुस्लिम पुरोहितहरू (जसलाइ ‘काजि’ भनिन्छ) ले शहरका मुस्लिम परिवारहरूको गरीबीको शोषण गरिरहेका छन् ।

पिडित नाउशीन तोबासुमले पुलिसलाई बताइन्- उनी र अन्य तीन  किशोरीहरूलाई एक होटलमा बसीरहेको एक सूडानी तेल कम्पनीको हाकिम समक्ष लगिएका थिए । उनले भनिन्- ‘मैले अज्ञानता र मजबूरीमा शुरूमा तिनको कुरा माने । तिनीहरूले मेरो जन्म प्रमाण पत्रको मिति बदलेर नक्कली बनाएर २४ वर्षको उमेर देखाए । मैले अभिभावककै विरूद्धमा  पुलिसलाइ खबर गरें ।’

४४ वर्षिय ओसामा इब्राहिम मोहम्मद नामक त्यस ब्यक्ती सूडानको राजधानी खार्तूममा २ बच्चाको पिता रहेको खुलेको छ । त्यस ब्यक्तीसँग एक मुस्लिम पुरोहित काजिले बिहे गरिदिएको थियो।

यस्तो ठेक्कामा बिहे गर्नेले विवाहको प्रमाण पत्र सँगसँगै एक ‘सम्बन्ध विच्छेदको पत्र’ समेत लिँदो रहेछ जुन त्यस दूल्हाको छुट्टीको समाप्तीसँगै लागू हुने रहेछ ।

सूडानी हाकिम  बिहेको अर्को दिन पिडित केटीको घर आयो र सेक्सको लागि आग्रह गर्दा केटीले नामंजुर गरी । नाउशीनले भनिन्- ‘उ बाबुभन्दा जेठो थियो ।’

नाउशीनका अभिभावकले छोरीलाई राजी गराउने प्रयास गरे, अन्यथा सजाय दिइने धम्क्याए । अनि उ त्यहाँबाट भागी छिमेकीकोमा शरण लिन पुगी र प्रहरी आएर उद्धार गर्यो । पुलिसले दुल्हा,सानीमा र काजिलाई गिरफ्तार गरेको छ भने उसका अभिभावक फरार रहेका छन्

यस मुद्दालाई हेरीरहेका इन्स्पेक्टर विजयकुमारका अनुसार सूडानी दुलाहाले एक लाख भारतिय रुपैयाँ  नाउशीनको सानिमा मुमताज बेगमलाई तिरेको रहेछ । केटीकी सानिमा मुमताज बेगमले, केटीको अभिभावकलाई ७० हजार , काजिलाई ५ हजार रुपैयाँ, एक अनुवादकलाई ५ हजार रुपैयाँ भुग्तान गरेर २० हजार रुपैयाँ आफैले लिएकी रहिछ ।

इन्स्पेक्टर विजयकुमारका अनुसार यस्ता अवैध ‘ठेक्का विवाह’ दर्जनौं हुन्छन ।  त्यस गिरफ्तार सुडानी मान्छेले  खार्तूममा एक साथीको सुझावमा आएको बतायो । उसको साथीले ‘४० दिने पत्नी’ बिहे गरेर स्वदेश फर्किएको थियो ।

उनका अनुसार यी धनी मुस्लिमहरू बिहेको नाटक गर्छन् किनकी वेश्यावृत्ति इस्लाममा निषेध छ । गरीब मुस्लिमहरू यस्तो बिहेको निम्ति गरिबीको कारण बाध्य हुन्छन् । कतिपयले यस्तो आम्दानी गरेर तिनका अभिभावकले तिनै छोरीहरूको बिहेमा खर्च गर्छन् ।

हैदराबादको महिला र बाल कल्याण सोसाइटीकी शिराज अमिना खानले भनिन्- शहरमा हर महीन करिब १५ ‘कन्ट्रयाक विवाह’ हुन्छन् र यो संख्या बढीरहेको छ ।

नाउशीनको घटनाले भारतको आर्थिक प्रगतिलाइ व्यंग गरेको छ । “म अब आफ्नो घर फर्केर जान चाहन्न । मलाइ डर लागी रहेको छ”, नाउशीनले भनिन् । अहिले उनी सरकारी आश्रयघरमा बसीरहेकी छिन् ।