भिलभोर्दमा सिख मन्दिर बन्द गरियो

बेल्जियमको राजधानी ब्रसेल्स आसपास क्षेत्रको भिलभोर्द नगरपालिकामा रहेको सिख मन्दिर स्थानीय प्रशासनले बन्द गरि दिएको छ । मन्दिर परिसरमा गैरकानूनी मान्छेहरू राखेको आरोपमा मन्दिर बन्द गरेको स्थानीय मेयरले बताएका छन् ।

vilvoorde Gurdwaraगत अक्टोबर ११ मा त्यहाँबाट बच्चाहरू सहित ११ गैरकानूनी रूपमा रहेका मान्छे पक्राउ परेका थिए । तिनलाइ प्रहरीले देश छाड्ने आदेश सहित रिहा गरिदिएको थियो ।

अक्टोबर १३ मा मेयरले मन्दिर संचालकहरूसँग भेटेर गैरकानूनी मान्छेहरूको समस्याबारे कुरा गरेको उल्लेख गरेका छन्, तर समाधानका लागि कुनै उपाय अगाडि नआएपछि मन्दिर नै बन्द गरिएको जनाइएको छ ।