ब्रुजमा नेपाली समुदाय र एन. भे. आ. प्रतिनिधिबीच अन्तरकृया

गत २८ जुलाई सोमबार गैरआवासीय नेपाली संघ युरोपका अध्यक्ष अर्जुन श्रेष्ठ र रमेश कँडेलको संयोजकत्वमा ब्रुजको कानिकामा एन-भी-आ (NVA) ब्रुज र ब्रुजका नेपाली समुदायबीच भेटघाट साँझको आयोजना भएको भयो ।

बेल्जियमको ठुलो राजनैतिक पार्टी एन भी आ बोर्डको सदस्यहरु र प्रतिनिधिहरु अतिथिका रूपमा उपस्थित भएको कार्यक्रममा ब्रुजका नेपाली समुदायले एक अर्कासंग परीचय गरी सम्बन्ध सूमधूर बनाउने काम गर्यो । कार्यक्रममा एन भी आ का तर्फबाट करीब २० जनाको सहभागिता थियो भने त्यति नै सख्यामा नेपालीहरु थिए ।

IMG_0774रमेश कंडेलले कार्यक्रम संचालन गर्नुका साथै स्वागत मन्तब्य दिनुभएको थियो । त्यसै गरी एन भी आ बेल्जियमका सिनेटर पोल फान देन द्रिस्सले एन भी आको तर्फबाट नेपाली समुदायलाई धन्यबाद मन्तब्य दिनुभएको थियो । आफ्नो शब्दमा आभार प्रकट गर्दै सिनेटरले डच सिक्ने र बोल्ने सफल प्रयासको लागि नेपाली समुदायलाई बधाई दिदै फ्लान्डर्समा बस्न र काम गर्न आउने सबैको लागि नेपाली समुदाय एक सुन्दर र उदाहरणीय रहेको कुरा ब्यक्त गर्नुभयो।

ब्रुज एन-भी-आ अध्यक्ष एर्विन प्रिमलाइ नेपाली समुदायको तर्फबाट अर्जुन श्रेष्ठले शान्तिको प्रतीक बुद्धको मूर्ति सम्मान सहित प्रदान गर्नुभयो।

आफ्नो सानो मन्तब्यमा एन भी आ ब्रुगेको अध्यक्ष प्रिम एर्बिनले “नेपालीहरु मेहनेति र ईमान्दार हुन्छन् भन्ने सुनेको मात्रै थिए, आज आफै भेटेर कुराकानि र परिचय गर्न पाउदा खुसि लागेको” बताउदै आफुले नेपाली कम्युनिटीलाई सक्दो सहयोग गर्ने बचन दिनुभयो ।

IMG_0788यस लगत्तै एन भी आ ले एक प्रेस बिज्ञप्ति जारि गरि फ्लेमिंगहरु जस्तै नेपाली समाज उद्यमी र मेहनती रूपमा चिनिने समुदाय भएको, ब्रुजका नेपाली विशेष गरी होटेल ब्यबसाय र पर्यटन उद्योग क्षेत्रमा अग्रसर रहेको कुरा उल्लेख गर्यो । बिज्ञप्तिमा एन भी आ को सिद्धान्त जस्तै नेपालिहरु पनि काम र जिम्मेवारी हाम्रो समृद्धि र समाजको उन्नतीका लागि आवश्यक छ भन्ने कुरामा विश्वस्त छन्, उनीहरुको यो लगनशीलता प्रशंसनीय छ भन्ने कुरा स्पष्ट पारिएको थियो । फ्लान्दरनमा ठुलो पार्टीका रुपमा रहेको एन भी आ को नेपाली समुदाय प्रतिको यो सकारात्मक प्रतिक्रियाले नेपाली समुदायमा थप जोश र जाँगर निम्त्याउनुका साथै यो भेटघाटले नेपाली समुदायमा सकारात्मक आशा जगाएको छ ।
एक सहभागि अर्जुन काफ्लेले “यस्तो खालको कार्यक्रमले दुई समुदायबिचको दूरी घट्ने र एक आपसमा चिनजानको वातावरण बन्ने” बताउनु भयो । एभरेष्ट नेपालि समाजका निबर्तमान अध्यक्ष कमल पंथीले यस्तो कार्यक्रम बेल्जियममानै पहिलो भएको र यसलाई निरन्तरता दिनुपर्ने कुरा औंल्याउनु भयो । स्थानिय नेपाली ब्यवसायी कमल भारतीले नेपालीहरु पनि स्थानिय राजनितिमा आउनु पर्ने कुरामा जोड दिनुभयो । एभरेष्ट नेपाली समाजका अध्यक्ष दुर्गा सुबेदीले “हामी नेपालीहरु इमान्दार, मेहनेति र समाजमा घुलमिल गर्न सक्ने मानिसहरु हौ भनेर बेल्जिकहरुलाई चिनाउन सक्नु नै धेरै उपलब्धि भएको” भन्दै कार्यक्रमको सफलताको शुभ-कामना दिनु भएको थियो ।

कार्यक्रमको अन्तिममा नेपालबाट आउनु भएका कलाकारहरुद्वय सत्यराज र स्वरुपराजसंग उपस्थित नेपालीहरुले मनोरन्जन लिएका थिए ।
– रमेश कंडेल/बेल्जियम