ब्रसेल्स घटनाप्रति नेपाली कांग्रेसद्वारा भत्र्सना

बेल्जियमको राजधानी ब्रसेल्सका विभिन्न स्थानमा मङ्गलबार भएको आतङ्कवादी आक्रमणप्रति नेपाली काँग्रेसले Nepali-Congressभत्र्सना गरेको छ ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले  विज्ञप्ति जारी गरी तीन ठाउँमा भएको आक्रमणबाट करिब ५० जनाको निधन भएको र २५० भन्दा बढी मानिस घाइते भएको भन्दै दुःख व्यक्त गरेका छन ।

विज्ञप्तिमा भनिएको छ– “युरोपको अत्यन्त व्यस्त विमानस्थलका रुपमा परिचित जाभेन्टम विमानस्थल तथा मेट्रो स्टेसनमा निर्दोष यात्रुहरुलाई लक्षित गरी गरिएको आतङ्ककारी हमला घटना अत्यन्त निन्दनीय छ । युरोपियम मुलुकमा एकपछि अर्को आतङ्ककारी हमलाको पुनरावृत्तिले सम्पूर्ण विश्व समुदाय आतङ्कवादका विरुद्ध एकजुट हुन सबैलाई आग्रह गर्दछु ।”

काँग्रेसले यस दुःखद घडीमा बेल्जियम सरकार र त्यहाँका जनताप्रति सहानुभूति प्रकट गर्दै घटनामा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उक्त घृणित कार्यमा संलग्नलाई कडा कारबाहीको माग गरेको छ ।