बेल्जियम वर्ल्ड कपमा क्वालिफाई

Lukakuसन २०१४ मा ब्राजिलमा हुने वर्ल्डकपको अन्तिम चरणमा बेल्जियमले आफ्नो स्थान सुरक्षित गरेको छ । शुक्रवार अपरान्ह क्रोसियामा भएको खेलमा घरेलु प्रतिद्वन्दी क्रोसियालाई एकको विरुद्ध दुइ गोलले हराउँदै बेल्जियम वर्ल्ड कपको लागि क्वालिफाइ भएको हो । क्रोसियासंगको खेल बरावर खेले मात्र पनि बेल्जियम वर्ल्डकपमा क्वालिफाइड हुने अवस्था थियो । सो खेलमा बेल्जियमको तर्फबाट लुकाकुले पहिलो हाफ मै दुइ गोल गरेर चुनैाति राखिदिएका थिए । क्रोसियाको तर्फबाट दोस्रो हाफमा निकोले एक गोल फर्काए । १२ वर्षपछि वेल्जियम पुनः वर्ल्ड कपमा क्वालिफाइड भएको हो ।

गुप ए अन्तरगत बेल्जियम पहिलो स्थानमा रहेर क्वालिफाइड भएको छ । फिफाको विश्व तालिकामा बेल्जियम छैठौँ स्थानमा रहेको छ, जुन बेल्जियमको फुटबल इतिहास मै राम्रो मानिन्छ । फिफाको विश्व तालिकामा बेल्जियमको स्थान शिर्ष स्थानमा रहेकोले ब्राजिलमा उत्कृष्ट पुदर्शन हुने अपेक्षा गरिएको छ ।
CROATIA SOCCER QUALIFICATION WC2014 CROATIA VS BELGIUM