बेल्जियम र रुस बिचको खेल आज|बेल्जियमको लागि राम्रो अवसर

बेल्जियम विश्वकप २०१४ को समुह एच अन्तर्गत बेल्जियम रुस विरुद्व खेल खेल्दैछ|जुन १७ मा भएको खेलमा बेल्जियमले अल्जेरियालाई २-१ ले हाराउदै समूह एचमा शुरुवाती अग्रता लिन सफल भएको थियो|अल्जेरियासंग एक गोलले पछाडी रहेको अवस्थालाई सजिलै उल्टाईदिएको थियो|उक्त खेलमा मरोउने फेलानी र डि्रस मार्टेन्सले गोल गरेका थिए|

युरोपेली छनौटमा कुनै पनि खेल नगुमाएको बेल्जियमलाई २०१० मा वर्ड च्याम्पियन हुदाका स्पेनिस खेलाडी जोन काप्देभिलाले फूटवल समिक्षकको रुपमा ब्राजिलमा रहेर भनेका छन ‘हेर्नको लागी यो विश्वकप अत्यान्तै सुन्दर छ|दूर्भाग्यबश स्पेन बाहीरियो|आशा राखौ सानो फुटबल देशले विश्वको सामाना गर्छ|मेरो बिचारमा त्यो बेल्जियम हो|’

आज रुस विरुद्व हुने खेलमा जित हासिल गर्न सके दोश्रो चरणमा प्रवेश गर्ने ढोका खुल्नेछ|कप्तान भिसेन्ट कम्पोनी चोट पूर्ण निको नभएको कारण खेल नखेलेमा सेन्टर-ब्याक निकोलस लोम्बाट मैदानमा उत्रनेछन्| रुसको जेनिथ सेन्ट पिटरबर्गबाट खेल्ने उनलाई रुसी टिमबारे राम्रो थाहा छ|त्यसैले बेल्जियमका लागी नक आउट टाढा नहुन सक्छ|

दक्षिण कोरियासंग भएको खेलमा १/१को बराबरीमा रहेको रुस बेल्जियम विरुद्व पनि ग्राउण्ड बल खेलेर चुनौती दिन सक्छन|किनकि निकोलस लोम्बाटका अनुसार दुइ जना रुसी खेलाडी मात्र ६ फिटको हाराहारीमा छन| त्यसैले चेल्सीका प्ले-मेकर एडेन हेजार्ड मैदानमा दरिलो संग प्रस्तुत हुनेछन|बिश्लेषकहरुले यसलाई बेल्जियमको लागी राम्रो अवसरको रुपमा टिप्पणी गरेका छन्|

सन् १९८४ को वर्ड कपमा चौथो भएको बेल्जियम १२ वर्ष पछी वर्ड कपमा फर्केको  छ|एएस रोमा र एसी मिलनका पूर्व प्रशिक्षक जुवेन्तुसले ‘बेल्जियम संग बलियो र सन्तुलित टिम |यो यौटा कम्प्याक्ट टिम पनि हो जुन डेड बल अवस्था देखि खतरनाक हुन्छ’ भनेका छन्|red