बेल्जियमका पूर्व प्रधानमन्त्रीले नेपाली प्रधानमन्त्री भेटे

नेपाल भ्रमणमा रहेका बेल्जियमका पूर्व प्रधानमन्त्री इभ्स् लेतेर्मले शनिवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशील कोइरालासँग शिष्टाचार भेट गरेका छन् ।

Former Belgium's PM Calls on PMभेटमा नेपाल र बेल्जियम सम्बन्ध, नेपालको आर्थिक र सामाजिक विकासमा बेल्जियमले गर्दै आएको सहयोग, सङ्घीय शासनमा बेल्जियमको अनुभव, नेपालको लोकतान्त्रिक यात्रा तथा नेपालको संविधान निर्माणको प्रक्रियाका बारेमा कुराकानी भएको थियो ।वार्ताका क्रममा प्रधानमन्त्री कोइरालाले नेपालले ऐतिहासिक र युगान्तकारी परिवर्तनमार्फत हासिल गरेका सङ्घीयता, गणतन्त्र, समावेशीतासहितको लोकतन्त्रजस्ता उपलब्धिहरुबारे चर्चा गर्दै संविधान जारी हुने विश्वास व्यक्त गरेको राससले उल्लेख गरेको छ ।वार्तामा पूर्व प्रधानमन्त्री इभ्स् ले संविधान जारी भएपछि पनि सङ्घीयताका धेरै विषयहरुको व्यवस्थापन गर्न सबै राजनीतिक शक्तिहरुले संयमतापूर्वक काम गर्न आवश्यक हुने आफ्नो मुलुकको अनुभव सुनाएका थिए । फ्लेमिश CD&V पार्टीका नेता इभ्स् आफू प्रधानमन्त्री रहँदा ‘बेल्जियमको जन्म एक दुर्घटना भएको’ भनी अन्तरवार्ता दिँदा उनको भनाइ विवादित भएपछि राजिनामा दिएका थिए । बेल्जियममा सँघीयताको विषय संवेदनशील रहँदै आएको छ ।